सुदूरपश्चिम, नेपालकै बढी पानी अभाव भएको प्रदेश : युएनडिपि

धनगढी : सुदूरपश्चिम प्रदेश, नेपालकै सबैभन्दा बढी पानी अभाव भएको प्रदेश रहेको एक अध्ययनले देखाएको छ । बिहीबार धनगढीमा संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम युएनडिपिले गरेको कार्यक्रममा सुदुरपश्चिम प्रदेश देशकै पानीको चरम अभाव भएको प्रदेश रहेको जनाएको हो ।

‘वातावरण प्रदूषण र यससँंग जोडिएका अन्य कुराका कारण नेपालका अन्य प्रदेशको तुलनामा सुदूरपश्चिममा पानीको चरम अभाव देखिएको बीबीसी विश्व सेवाका वातावरण संवाददाता नविन सिंह खड्काले बताउनुभयो ।

उहाँले विगतदेखि नै वातावरण सम्बन्धी कुरालाई सबैले महत्त्व नदिँदा पछिल्लो समय त्यसको प्रभाव देखिन थालेको बताउनुभयो। उहाँले ‘नेपालका केही सञ्चारमाध्यम बाहेक सबैले वातावरणलाई त्यत्ति महत्व नदिएको र अब भने ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो । ‘वातावरण हाम्रो जीवनमा सबैभन्दा महत्वपूर्ण छ । त्यसैले यसबारे सबैले गम्भिर हुनुपर्छ,’उहाँले भन्नुभयो ।

कार्यक्रमका सहभागीहरूले पनि पछिल्लो समय सुदुरपश्चिमको वातावरणमा परिवर्तन आएको बताएका छन् । उनीहरूले केही वर्षयता वर्षा पनि समयमा नभएको र भए पनि कतै अतिबृष्टि र कतै अनावृष्टि हुँदा बाढी पहिरोको सम्भावना धेरै रहेको बताए ।

कार्यक्रमका सहभागीहरुले हरेक वर्ष असार, साउनमा लगातार पानी पर्नुपर्ने भएपनि यस वर्ष साउनमा धनगढीमा वर्षा नै नभएको बताए । सुदुरपश्चिम प्रदेशमा खानेपानीमा अभाव मात्र नभई जलवायु परिवर्तन खेप्न सक्ने क्षमता समेत सुदुरपश्चिमको वातावरणसँग न्यून देखिएको बीबीसी विश्व सेवाका वातावरण संवाददाता खड्काले जानकारी गराउनुभयो ।

सुदुरपश्चिम प्रदेशको डोटी, अछाम, बाजुरा र बझाङ जलवायु परिवर्तन खेप्न सक्ने क्षमता निकै न्यून रहेको जिल्लामा परेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार