खानेपानी तथा सरसफाइ विधेयक दफाबार छलफलका लागि समितिमा पेश

 

काठमाडौ : खानेपानी तथा सरसफाइ विधेयक २०७५ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा प्रस्ताव पेश गरिएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा ‘खानेपानीमन्त्री बिना मगरले दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाईयोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

प्रतिनिधिसभाको आजको बैठकमा खानेपानी तथा सरसफाइ विधेयक सँगै अन्य चार विधेयक पनि दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइएको छ ।

‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ सँगै ‘‘प्रमाण (दोस्रो संशोधन) विधेयक २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक २०७५’, ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक २०७५’ र ‘राष्ट्रिय खेलकूद विकास विधेयक २०७५’ ‘समितिमा प्रस्ताव प्रस्तुत भएको हो ।

‘प्रमाण (दोस्रो संशोधन) विधेयक २०७५’, ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ र ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक २०७५’ कृषि तथा पशुपक्षी विकासमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । व्यवस्थापिका संसद्को अर्को बैठक भदौ ३ गते मङ्गलबार दिनको १ बजे बस्ने भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार