काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्ने अन्तिम तयारी भईरहेको छ । महानगरपालिकाका हरेक वडाले महानगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एमवाससीसी) लाई अनुगमन तथा प्रमाणीकरणका लागि पत्राचार गरिरहेको छ ।
महानगरपालिकालाई खुला दिसामु्क्त घोषणा गर्नका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भक्तपुरबाट एक प्राविधिक टोली खटिएको छ । टोलीले महानगष्रको हरेक वडामा पुगेर शौचालय बने नबनेको, सरसफाइमा वडा कार्यालयले गरिरहेको काम, ओडिएफमा वडा कार्यालयको भूमिका लगायत बिषयमा सहजीकरण गर्दै आएको छ । प्राविधिक टोलीकी जानकी गौतमले आफूहरुले हरेक वडामा पुगेर सहजीहरण गरिरहेको र शौचालय बन्न बाँकी घर कुनै वडामा पनि नभेटिएको बताउनुभयो ।
वडा भित्र रहेका सबै घरधुरी, सार्वजनिक स्थानमा शौचालय बनिसकेको र खुला रुपमा दिसापिसाब गर्ने मानिस छैनन् भन्ने एमवाससीसीले प्रमाणीकरण गरेपछि वडा खुला दिसामुक्त घोषणाको लागि योग्य मानिन्छ ।

खुला दिसामु्ुक्त क्षेत्र घोषणाका बिषयमा काठमाडौ महानगरपालिका ११ नं. वडाका अध्यक्ष हिरालाल तण्डुकारको अध्यक्षतामा बैठक बस्दै ।
यस्तै महानगरपालिकाको सबै वडामा बसोबास गर्ने घरपरिवार तथा सार्वजनिक स्थानमा समेत चर्पी निर्माण भईसकेपछि अनुगमन तथा प्रमाणीकरणका लागि एमवाससीसीले डिवाससीसी काठमाडौलाई पत्र लेख्नेछ ।
डिवाससीसीको अनुगमनले महानगर खुला दिसामुक्त घोषणा गर्नका लागि उपयुक्त ठहरिएमा खुलादिसामुक्त घोषणा गर्न अनुमति प्रदान गरिन्छ । त्यसपछि एमवाससीसीको बैठकले महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न सक्छ ।
काठमाडौ महानगरपालिका भदौ २० गते भित्रमा खुला दिसामुक्त घोषणा गर्ने कार्ययोजना यसअघि नै सार्वजनिक गरिसकेको छ ।


813 पटक हेरिएको 

