
काठमाडौ : पशुपति क्षेत्र विकास कोष, नेपाल कर्मचारी युनियनले चिताबाट लिईदै आएको वातावरण शुल्क सोही क्षेत्रको विशेष सरसफाइमा खर्च गर्न माग गरेको छ । पशुपति क्षेत्र विकास कोष समक्ष आफ्ना मागहरु बुझाउँदै कर्मचारी युनियनले घाट सेवा निर्देशिका अनुसार प्रत्येक चिताबाट लिईदै आएको वातावरण शुल्क सोही क्षेत्रको विशेष सरसफाइमा नै खर्च गर्ने व्यवस्था गर्न माग गरेको हो ।
कोष समक्ष ४० बुँदे माग बुझाएको कर्मचारी युनियनले पशुपति आर्यघाट तथा भष्मेश्वर घाटमा शवदाहमा आउने मलामीहरुको लागि स्नानगृह र सफा पिउने पानीको तत्काल व्यवस्था गर्न, बनकाली धर्मशाला क्षेत्र फोहोर डम्पिङ साईडको रुपमा परिणत भईसकेकाले यथोचित संरक्षणको व्यवस्था गर्न पनि माग गरेको छ ।
यस्तै पशुपति क्षेत्रको सरसफाइको संवेदनशीलतालाई मध्यनजर गरी लामो अनुभव प्राप्त कर्मचारीहरुलाई सेवा सुविधा बृद्धि गर्नुपर्ने, संवेदनशील क्षेत्र सफाइ बगैंचा र घाट, शवदाह लगायत क्षेत्रमा कार्यरत कर्मचारीहरुको नियमित स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाउन भनेको छ ।
कर्मचारी युनियनले पशुपतिको गुरुयोजना आगामी ५० देखि १०० बर्षको लागि दिर्घकालीन सोच राखेर बनाउन र गुरुयोजना कोष, स्थानीय निकाय, राजनीतिक दल, स्थानीय विद्द लगायत सम्बन्धित सरोकारवालाहरुको सहभागितामा बनाउन पनि माग गरेको छ ।
युनियन अध्यक्ष दिल बहादुर खत्रीले आफूहरुले उठाएको माग प्रति १५ दिनसम्म पनि सुनुवाई नभए संयुक्त आन्दोलनको माध्यमबाट थप कार्यक्रमहरु समेत घोषणा गरिने बताउनुभयो । जनाएको छ ।


1614 पटक हेरिएको 

