
काठमाडौ : खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले यस वर्षको फेडवासन वास पत्रकारिता पुरस्कारबाट चार जना पत्रकारलाई सम्मान गरेको छ ।
फेडवासनले आफ्नो १७ औँ स्थापना दिवसको अवसर पारेर टेलिभिजन तर्फ जनता टेलिभिजनका पत्रकार रामकुमार एलन, रेडियो तर्फ सामुदायिक सूचना नेटवर्कका राजन रुचाल, पत्रपत्रिका तर्फ कान्तिपुर दैनिकका बझाङ सम्बाददाता वसन्तप्रताप सिं र अनलाइन तर्फ लोकान्तर डट कमका गगन अर्याललाई नगद सहित दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
फेडवासनले वास पत्रकारिता पुरस्कार प्रदान गर्नका लागि देशभरिका टेलिभिजन, रेडियो, पत्रपत्रिकाका तथा अनलाइनमा कार्यरत पत्रकारहरुबाट २०७५ साउन १ गतेदेखि २०७६ असार मसान्तसम्ममा प्रकाशित तथा प्रसारित समाचारका प्रतिलिपिहरु माग गरेको थियो ।
फेडवासनले खानेपानी सरसफाइ र स्वच्छता क्षेत्रमा कलम चलाउँदै आएका देशभरिका पत्रकारहरु मध्येबाट टेलिभिजन, रेडियो, पत्रपत्रिका र अनलाइन तर्फका एक एक जना गरी ४ जना पत्रकारलाई बर्षेनी पुरस्कृत गर्दै आएको छ ।


1268 पटक हेरिएको 

