काठमाडौं : नेपाल खुला दिसामुक्त घोषणा कार्यक्रम सचिवालयले खुला दिसामुक्त नेपाल घोषणाका लागि आवश्यक लोगो माग गरेको छ । सचिवालयले इच्छुक डिजाइनरहरुबाट नेपाल खुला दिसामुक्त घोषणा झल्काउने लोगो बनाएर पठाई राष्ट्रिय अभियानमा सहयोग पुर्याउन आव्हान गरिएको हो ।
देशभरबाट प्राप्त लोगो मध्येबाट छानिएको उत्कृष्ट लोगोलाई खुला दिसामुक्त राष्ट्र घोषणा कार्यक्रमसँग सम्बन्धित क्रियाकलापहरु तथा सामग्रीहरुमा प्रयोग हुने र डिजाइनरलाई कदर पत्र प्रदान गरिने सचिवालयले जनाएको छ ।
आफूले बनाएको लोगो odfnepal2019@gmail.com पठाउन खुला दिसामुक्त घोषणा कार्यक्रम सचिवालयले आग्रह गरेको छ । नेपाललाई २०७६ असोज १३ गते खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने गरी आवश्यक तयारी भईरहेको छ । यद्यपि मिति भने तोकिसकेको छैन ।


1199 पटक हेरिएको 

