सिनियर डिभिज्नल इञ्जिनियर ज्वारचनलाई निजामति सेवा पुरस्कार

 

काठमाडौ : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना सुर्खेतका सिनियर डिभिज्नल इञ्जिनियर पूर्ण बहादुर ज्वारचनलाई निजामति सेवा पुरस्कार दिईने भएको छ । सरकारले १६ औँ निजामति सेवा दिवसको अवसरमा पुरस्कृत गर्ने ४० कर्मचारी मध्ये सिडिई ज्वारचनलाई पनि छनौट गरिएको हो ।

आइतबार मध्यान्ह बसेको मन्त्रिपरिषद बैठकबाट स्वीकृत नामावली सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरवारमा आयोजित कार्यक्रममा सार्वजनिक गरेको हो ।

सरकारले यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवा पुरस्कारका लागि छनौट गरेको हो । सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनौट गरेको छैन । एक जनलाई सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार दिईदै आएकोमा यस बर्ष उत्कृष्ट निजामति सेवा पुरस्कारका लागि १० जना र निजामती सेवा पुरस्कारका लागि ३० जना छनौट गरिएको हो ।

उत्कृष्ट निजामति सेवा पुरस्कारका लागि छनौट गरिएका अधिकांश कर्मचारी समेत सिंहदरवार तथा आसपासका कार्यालयमा कार्यरत कर्मचारी मात्र रहेको आलोचना भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार