नेपाल ओडिएफ घोषणा गर्ने दिन आउन २० दिन बाँकी

काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब २० दिन मात्र बाँकी छ । खुला दिसामुक्त घोषणा गर्ने दिन नजिकिदै जाँदा यस सम्बन्धी गतिविधिलाई पनि तिब्र पारिएको छ । नेपाल ओडिएफ तयारी कार्य समूहको बैठक आज पनि बस्दैछ भने ओडिएफ गर्न बाँकी जिल्लाका स्थानीय तहहरु धमाधम खुला दिसामुक्त घोषणा हुने क्रममा छन् ।

सरकारले असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने समय निर्धारण गरिसकेको छ ।

त्यो दिन आउन २० दिन मात्र बाँकी रहँदा अझै ९ जिल्ला खुला दिसामुक्त घोषणा हुनै बाँकी छ । ओडिएफ गर्न बाँकी सबै जिल्लाले भदौ मसान्तभित्रै खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरिसकेको राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १ मा सोलुखुम्बु र भोजपुर, प्रदेश २ मा बारा, पर्सा, सर्लाही, महोत्तरी र धनुषा, प्रदेश ३ को काठमाडौ र प्रदेश ५ मा कपिलबस्तु खुला दिसामुक्त घोषणा गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार