काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा

 

काठमाडौ : काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति काठमाडौका अध्यक्ष शिव सुन्दर राजवैद्य, महानगरपालिकाका वडा अध्यक्षहरु एवं खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रतिनिधीहरुको उपस्थितिमा काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्नुभयो ।

उहाँले काठमाडौ महानगरपालिकामा यस अघि पनि खुला दिसा नभएपनि राष्ट्रको नीति अनुसार औपचारिकता पूरा गर्नुपरेको बताउनुभयो । सो अवसरमा काठमाडौ महानगरपालिकालाई खुला दिसामुक्त घोषणा गर्न सफल भएकोमा महानगरपालिकालाई डिवाससीसी काठमाडौको तर्फबाट अध्यक्ष शिवसुन्दर राजवैद्यले धन्यबाद एवं कदरपत्र वितरण गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष राजवैद्यले काठमाडौ महानगरपालिकाका कारण खुला दिसामुक्त घोषणा गर्न नसकेको काठमाडौ जिल्लालाई अब भदौ ३१ गते राष्ट्रिय सभा गृहमा विशेष कार्यक्रम गरी खुला दिसामुक्त घोषणा गर्ने जानकारी दिनुभयो ।

 

उहाँले दक्षिण एसियामा नेपाल पहिलो खुला दिसामुक्त राष्ट्र बन्न लागेको यो अन्तर्राष्ट्रिय गौरवको बिषय भएकाले यसमा कसैले पनि बाधा पुर्‍याउन नहुने बताउनुभयो ।

सरकारले असोज १३ गते नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने भएको छ । त्यसअघि सबै जिल्ला खुला दिसामुक्त घोषणा गरिसक्न राष्ट्रिय सरसफाइ निर्देशन समितिले निर्देशन दिईसकेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार