सम्पादकीय : पहिलो बन्ने अवसरलाई सदुपयोग गरौं

नेपाललाई खुला दिसामुक्त घोषणा गर्न यत्तिबेला सरकारको ध्यान आकृष्ट भएको छ । यही असोज १३ गते खुला दिसामुक्त राष्ट्र नेपाल घोषणा गर्ने मिति तय गरिसकेको सरकारले यत्तिबेला ठूलो शक्ति यसमा परिचालन गरेको छ । सन् २०११ मा सरसफाइ गुरुयोजना बनेर कार्यान्वयनमा आएपछि सुरु भएको सरसफाइ अभियान यत्तिबेला शिखर चुम्ने लक्ष्य नजिक पुगेको छ ।

भारतको ध्येय पनि त्यही हो, भारत जसरी पनि दक्षिण एसियाली राष्ट्रहरुमा पहिलो खुला दिसामुक्त राष्ट्रको रेकर्ड राख्न चाहन्छ । भारतले सरसफाइमा प्रगति गरेर खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागेको पक्कै होइन । सरसफाइमा भारत नेपाल भन्दा कयौं गुणा पछाडि भएपनि उसले विश्व समुदायको ध्यान खिच्न पहिलो हुने दाउ रचेको हो ।

सरकारको नेतृत्वमा विकास साझेदार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्था र सरसफाइ उपभोक्ता सरसफाइ अभियानको यो लामो यात्रामा सँगैसँगै हिडिरहेका छन् । सरसफाइ क्षेत्रमा गरिएको अथक प्रयासबाट जिल्ला – जिल्ला हुँदै राष्ट्र नै खुला दिसामुक्त घोषणा हुने चरणमा पुग्नु यो सरसफाइ क्षेत्रको लागि अभूतपूर्व उपलब्धी हो । यो उपलब्धी तोकिएकै समय (असोज १३) मै प्राप्त गर्न सकेमा सरसफाइ क्षेत्रको मात्र नभई यो अन्तर्राष्ट्रिय जगतमा नेपालकै ठूलो प्रतिष्ठा र उपलब्धी कहलिनेछ ।

यो सुवर्ण अवसर अहिले नेपालसँग छ । नेपाल सहित दक्षिण एसियाली मुलुकहरुमा चलिरहेको सरसफाइ अभियानको दौडमा नेपालले नेतृत्व त गर्दै आईरहेको थियो नै गोल गर्ने अवसर पनि नेपालसँग छ । यसका लागि नेपालले अहिले तोकेकै मितिमा खुला दिसामुक्त घोषणा गरेर ‘खुला दिसामुक्त नेपाल’ को झण्डा फहराउन आवश्यक छ ।

दौडको मैदानमा सिंगो दौडको नेतृत्व गर्ने तर दौड पूरा गर्ने बेला पछाडिका व्यक्तिले उछिन्यो भने दौडको नेतृत्व मात्र गर्नुले कुनै अर्थ राख्दैन । हामीले यो अवसरलाई पकड्न सकेनौं भने दक्षिण एसियाली राष्ट्रहरुमा चलिरहेको सरसफाइ अभियानमा नेपालको हैसियत पनि ठीक यस्तै हुनेवाला निश्चित छ । किनकि भारतले यही अक्टोबर २ तारिख अर्थात असोज १५ गते खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने मिति तय गरिसकेको छ ।

भारतको ध्येय पनि त्यही हो, भारत जसरी पनि दक्षिण एसियाली राष्ट्रहरुमा पहिलो खुला दिसामुक्त राष्ट्रको रेकर्ड राख्न चाहन्छ । भारतले सरसफाइमा प्रगति गरेर खुला दिसामुक्त राष्ट्र घोषणा गर्न लागेको पक्कै होइन । सरसफाइमा भारत नेपाल भन्दा कयौं गुणा पछाडि भएपनि उसले विश्व समुदायको ध्यान खिच्न पहिलो हुने दाउ रचेको हो ।

यदि यो कुरालाई हामीले बुझेनौं र खुला दिसामुक्तको विरोध गरिरह्यौं भने भारतले सरसफाइमा पनि उछिन्यौ भन्ने सन्देश विश्व समुदायमा फैलाउने छ र नेपाल हेरेको हे¥यै बन्छ । नेपाल दौडको नेतृत्वकर्ता हुन सक्छ तर बिजयी हुन सक्दैन । त्यसैले यो तथ्यलाई मनन गरी भारतले खुला दिसामुक्त राष्ट्र घोषणा गर्नु अघि नै जसरी भएपनि खुला दिसामुक्त राष्ट्र नेपाल घोषणा गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय मञ्चहरुमा समेत नेपालले सरसफाइको माध्यमबाट खानेपानी तथा सरसफाइजन्य रोगहरुमा उल्लेख्य कमी ल्याएको चर्चा भईरहेको छ । छोटो समयमा खानेपानी र सरसफाइमा उल्लेख्य सुधार ल्याउने राष्ट्रहरुमा नेपालको नाम अग्र पंक्तिमा आउँछ । छिमेकी राष्ट्र भारतको तुलनामा नेपालले सरसफाइमा गरेको प्रगति उल्लेखनिय छ । त्यसैले खुला दिसामुक्त घोषणा गर्दा बेइज्जत हुन्छ भन्ने सोच्ने बिद्धत वर्गले अब सोच्न आवश्यक छ, खुला दिसामुक्त घोषणा नगर्दा चाहिं इज्जत बढ्छ ?

त्यसैले दुई चार वटा घरमा चर्पी नबनेको बिषयले जिल्लालाई खुलादिसामुक्त घोषणा गर्न रोकिनुहुन्न । खुला दिसामुक्त घोषणा गर्न जिल्लाले दुई चार दिन ढिलाई गरेर राष्ट्रिय लक्ष्यमा ठेस पु्याउनुहुन्न ।

सरसफाइ गुरुयोजना २०६८ ले लिएको लक्ष्य अनुसार नै २०१७ मै देशलाई खुला दिसामुक्त घोषणा गर्न सकेको भए नेपालले पूर्ण सरसफाइको यात्रा सुरु गरेको २ बर्ष भईसक्ने थियो । अब पनि मस्त निद्रामा रह्यौं भने हामीलाई व्युझाउन कोही आउने छैन । त्यसैले राष्ट्रिय लक्ष्य हासिल गर्न २र४ घरमा शौचालय बन्दैनन् भने बन्दैनन् त्यसलाई पूर्ण सरसफाइको यात्रामा सम्बोधन गर्नुपर्छ । त्यसैले दक्षिण एसियामा खुला दिसामुक्त घोषणा भएको पहिलो राष्ट्र बन्ने अवसरलाई चुकाउनु हुँदैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार