एम् वाससीसी काठमाडौले जारी गरेको आचार संहितामा के छ ?

काठमाडौ : काठमाडौ महानगरपालिका खुला दिसामुक्त घोषणा भएको अवसरमा महानगरपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (एम वाससीसी) काठमाडौले १३ बुँदे आचार संहिता जारी ग¥यो । महानगर ओडिएफ घोषणा समारोहमा सहभागी भएकाहरु मध्ये अधिकांशले आचार संहितामा हस्ताक्षर गरे ।

एम वाससीसी काठमाडौले जारी गरेको आचार संहितामा के छ त ? हेरौं जस्ताको तस्तै

 

आचार संहितामा हस्ताक्षर गर्दै डिवाससीसी काठमाडौका अध्यक्ष शिवसुन्दर राजवैद्य ।

१. नगरपालिकाको खानेपानी तथा सरसफाइ सम्बन्धी विवरण तयार पार्ने र अद्यावधिक गर्ने ।

२. विद्यमान व्यवधानहरुलाई न्यूनीकरण गर्न सरसफाइ सम्बन्धी चुनौतीहरु र सो सम्बन्धी अपनाइएका रणनीतिहरुको विश्लेषण गर्ने ।

३. सरसफाइ प्रवर्धन सम्बन्धी क्रियाकलापहरु तथा सो को लागि आवश्यक बजेट सहितको अल्पकालीन र दिर्घकालीन योजना बनाई नगरपालिका स्तरीय संयुक्त कार्ययोजना तयार पार्ने र कार्यान्वयन गर्ने ।

४. नियमित अनुगमन गर्न अनुगमन टोली गठन गर्ने र समुदाय तथा विद्यालयहरुलाई प्राविधिक सरसल्लाह तथा सहयोग उपलब्ध गराउने ।

५. निर्वाध रुपमा कार्यक्रमहरुको सरल कार्यान्वयनको निमित्त समीक्षा बैठक लगायत अनुगमन क्रियाकलापहरु सञ्चालन/आयोजना गर्ने ।

६. पूर्ण सरसफाइ सम्बन्धी रणनीतिक योजना÷कार्ययोजना तथा बजेटलाई नगरपरिषदबाट पारित गर्ने ।

७. आवश्यक सूचना र निर्णयको परस्पर आदानप्रदानको लागि जिल्ला खानेपानी तथा सरसफाइ समन्वय समितिसँग समन्वय गर्ने ।

८. कार्यक्रमको प्रभावकारिताको लागि स्रोत सर्भेक्षण तथा सरोकारवालाहरुको विश्लेषण गर्ने ।

९. क्षेत्रगत क्रियाकलापहरुको योजना, कार्यक्रम र कार्यसम्पादनको मूल्याङ्कन गर्नको लागि हरेक तीन महिनामा बैठक आयोजना गर्ने ।

१०. उपयुक्त तथा आवश्यकता अनुसार नौला एवं सिर्जनशील क्रियाकलापहरु सञ्चालन गर्ने ।

११. सार्वजनिक स्थलमा फोहोरमैला हुन नदिने ।

१२. आ – आफ्नो वडा क्षेत्रमा सरसफाइ कायम गर्ने ।

१३. गैर सरकारी संस्थाहरु, खानेपानी तथा सरसफाइ सम्बन्धी समुदायमा आधारित उपभोक्ता समूहहरु, स्थानीय सञ्जालहरु सँगको समन्वयमा चेतनमूलक कार्य गर्ने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार