पूर्ण सरसफाइ सञ्चालन गर्न चाँगुनारायण नपा र यूएन ह्याबिट्याट बीच सम्झौता

 

भक्तपुर : चाँगुनारायण नगरपालिका र युएनह्याबिट्याट बीच पूर्ण सरसफाइ कार्यक्रम सञ्चालन गर्न बिषयमा सम्झौता भएको छ । नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख सोम प्रसाद मिश्रको अध्यक्षतामा बसेको बैठकमा चाँगुनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिना र युएन ह्याबिट्याट बीच सम्झौता भएको हो ।

चाँगुनारायण नगरपालिकाले सन् २०२१ अर्थात २०७८ सालभित्र नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य सहित पूर्ण सरसफाइ रणनीतिक योजना तयार पारिसकेको सकेको छ । युएन ह्याबिट्याट र नगरपालिका बीच भएको सम्झौताले पूर्ण सरसफाइ उन्मुख नगर बनाउने लक्ष्य प्राप्तिमा सघाउ पुग्ने प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिम्सिनाले बताउनुभयो ।

 

चाँगुनारायण नगरपालिकामा सञ्चालन हुने पूर्ण सरसफाइ कार्यक्रम १० महिनाको हुने युएन ह्याबिट्याटकी भक्तपुर जिल्ला संयोजक पार्वती दंगालले जानकारी दिनुभयो । पूर्ण सरसफाइ कार्यक्रम सञ्चालनका लागि ग्लोबल स्यानिटेशन फण्ड (जिएसएफ)/युएन ह्याबिट्याटले ३९ हजार ७४६ अमेरिकी डलर र चाँगुनारायण नगरपालिकाले ३ हजार ८२४ डलर लगानी गर्ने सम्झौतामा उल्लेख छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार