नेपाल ओडिएफ : अब १८ दिन बाँकी

 

काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १८ दिन मात्र बाँकी छ । राष्ट्र ओडिएफ गर्ने दिन नजिकिदै जाँदा खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाले पनि धमाधम ओडिएफको मिति तोकेका छन् । सम्बन्धित जिल्लाका डिवाससीसीहरुका अनुसार भोलि शुक्रबार बारा जिल्ला खुला दिसामुक्त घोषणा हुँदैछ । यस्तै शनिबार २८ गते पर्सा, ३० गते सर्लाही र ३१ गते काठमाडौ तथा कपिलबस्तुले खुला दिसामुक्त घोषणा गर्ने तयारी गरेका छन् ।

सरकारले असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने समय निर्धारण गरिसकेको छ ।ओडिएफ गर्न बाँकी सबै जिल्ला भदौ भदौ ३१ गते खुला दिसामुक्त घोषणा हुने राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झाले जानकारी दिनुभयो ।

हालसम्म प्रदेश १ मा सोलुखुम्बु र भोजपुर, प्रदेश २ मा बारा, पर्सा, सर्लाही, महोत्तरी र धनुषा, प्रदेश ३ को काठमाडौ र प्रदेश ५ मा कपिलबस्तु खुला दिसामुक्त घोषणा गर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार