नेपाल ओडिएफ : अब १७ दिन बाँकी

काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १७ दिन मात्र बाँकी छ । आज बारा जिल्ला खुला दिसामुक्त घोषणा हुँदैछ । यस्तै भोलि शनिबार २८ गते पर्सा, ३० गते सर्लाही र बाँकी सबै जिल्ला ३१ गते खुला दिसामुक्त घोषणा राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयले जनाएको छ ।

सरकारले असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने समय निर्धारण गरिसकेको छ । यद्यपि राष्ट्रपति भण्डारीको समय प्राप्त हुने वा नहुने भन्ने टुङ्गो लागिसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार