नेपाल ओडिएफ : अब १६ दिन बाँकी, ३ दिनभित्रै ८ जिल्ला ओडिएफ हुने

 

काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १६ दिन मात्र बाँकी छ । बारालाई शुक्रबार खुला दिसामुक्त घोषणा गरेपछि अब ८ जिल्ला मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । पर्सालाई पनि आज शनिबार खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम रहेकाले आज मध्यान्ह पछि खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लाको संख्या ६ वटा मात्र हुनेछ ।

सबै जिल्लालाई भदौ मसान्तभित्रै खुला दिसामुक्त घोषणा गरी यही असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने सरकारको तयारी छ । यद्यपि राष्ट्रपति भण्डारीको समय प्राप्त हुने वा नहुने भन्ने टुङ्गो अझै लागिसकेको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार