खानेपानी योजना हस्तान्तरण, ३१ घरमा मिटर जडित धारा

 

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नम्बर १ आमडाँडामा वडामै पहिलो पटक प्रत्येक घरमा मिटर जडित धारा निर्माण भएको छ । शान्ति नेपाल र वडा नम्बर १ को साझेदारीमा वडा नम्बर १ आमडाँडा गाउँमा एक घर, एक धारा निर्माण गरिएको हो । शान्ति नेपालको ३ लाख १ हजार, वडा नं. १ कार्यालयको ७३ हजार ६ सय ६८ र १ लाख ८१ हजार बराबर समुदायको श्रमदान गरी ५ लाख ५५ हजार ४ सय १९ रुपैयाँमा योजना निर्माण सम्पन्न भएको हो ।

खानेपानी योजना हालै एक कार्यक्रम आयोजना गरी समुदायलाई हस्तान्तरण गरिएको छ । खानेपानी योजना बाट ३१ घरधुरीका १७३ जना लाभान्वित भएका छन् । खानेपानी योजना हस्तान्तरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि एवं वडा नम्बर १ का वडा अध्यक्ष राम प्रसाद सिलवालले गाउँपालिकामै पहिलो पटक वडा नम्बर १ को आमडाँडामा एक घर एक धारा निर्माण भएको भनेर चिनाउन पाउँदा गर्व लागेको बताउनुभयो ।

 

खानेपानी योजना निर्माणमा सहयोग पु¥याउने शान्ति नेपाल लगायतका संघ संस्थालाई धन्यावाद दिदैं वडा अध्यक्ष सिलवालले खानेपानी परियोजना संरक्षणमा ध्यान दिन सुझाव दिनुभयो । उहाँ सरसफाइमा पनि गाउँपालिकाकै पहिलो नमुना गाउँ बनाउन स्थानिय एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रमका बिशेष अतिथि ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले सरसफाइको आधारभुत सुचकहरु पूरा भएको थप सूचक प्राप्त गर्नको लागि समुदाय आफै सचेत हुनुपर्ने बताउनुभयो ।

बिशेष अतिथि शान्ति नेपालका परियोजना संयोजक इन्द्रमान शाक्यले सफा र स्वच्छ गाउँको सूचकहरुको बारेमा सहजीकरण गर्नुभएको थियो सामुहिक धाराबाट खानेपानी उपभोग गर्दै आएका आमडाँडाका बासिन्दा घर घरमै पानीको धारा निर्माण भएपछि खुशी भएका छन् ।

आमडाँडा खानेपानी उपभोक्ता समितिका अध्यक्ष गोविन्द सिलवालको अध्यक्षतामा सम्पन्न भएको हस्तान्तरण कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष रामप्रसाद सिलवालको प्रमुख आतिथ्य तथा शान्ति नेपालका परियोजना संयोजक ईन्द्रमान शाक्यको विशेष आतिथ्य हुनुहुन्थ्यो ।

 

 सुरेश सिग्देल
सहायक अधिकृत अनुगमन मुल्याङ्कन
शान्ति नेपाल


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार