धादिङमा प्रभावकारी वास सन्देश प्रवाह तालिम

 

धादिङ : धादिङ जिल्लामा कार्यरत विभिन्न संघसंस्था, विद्यालय, स्वास्थ्य संस्था तथा सहकारीका प्रमुख एवं प्रतिनिधिहरुलाई प्रभावकारी वास सन्देश प्रवाह तालिम दिईएको छ । जिल्ला खुल्ला दिसामुक्त घोषणा भएपछि पुर्ण सरसफाइको थप सूचकहरु प्राप्त गर्न सबै स्तरका मानिसहरुको वास सम्बन्धी ब्यबहार परिवर्तन गरी त्यसलाई दिगो बनाउन तालिम दिईएको हो । ।

शान्ति नेपालको संयोजनमा बातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले तालिमको आयोजना गरिएको हो । ब्यबहार परिवर्तनको लागि प्रभावकारी रुपमा वासका सन्देशहरु समुदायमा लैजानको लागि बिभिन्न संघ संस्था बिद्यालय समेतको भुमिका रहने हुँदा ती संस्थाको वास सन्देश प्रवाहको रणनीतिमा सुधार ल्याई प्रभावकारी सुचना प्रवाह गर्न तालिमको आयोजना गरिएको एन्फोकी बरिष्ठ तालिम अधिकृत शोभा रानाले जानकारी दिनुभयो ।

तालिममा पानी शुद्धिकरणका उपाय, चर्पीको उचित प्रयोग, बच्चाको दिसा सुरक्षित विसर्जन, साबुन पानीले हात धुनैपर्ने जोखिमपूर्ण अवस्थाहरु, महिनावारी स्वच्छता, खानाको स्वच्छता, सफा घर (फोहोर ब्यबस्थापन) लगायत बिषयबस्तु समेटिएको एन्फोका तालिम अधिकृत रोहित ढकालले जानकारी दिनुभयो ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार