नेपाल ओडिएफ : मात्र ११ दिन बाँकी

 

काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब मात्र ११ दिन बाँकी छ । अहिलेसम्म ७५ जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् । अब सोलुखुम्बु र भोजपुर गरी २ जिल्लालाई मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी हुनेछ ।

सोलुखुम्बुले संविधान दिवसको अवसर पारी असोज ३ गते र भोजपुरले ४ गते खुला दिसामुक्त घोषणा गर्ने मिति तय गरिसकेको छ । सबै जिल्ला खुला दिसामुक्त घोषणा गरेपछि यही असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने सरकारको तयारी छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार