
काठमाडौ : नेपाललाई खुला दिसामुक्त देश घोषणा गर्ने दिन आउन अब मात्र ९ दिन बाँकी छ । अहिलेसम्म ७६ वटा जिल्ला खुला दिसामुक्त घोषणा भईसकेका छन् । अब भोजपुर जिल्लालाई मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी छ । भोजपुरलाई पनि आज खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम छ ।
सरकारले आजको ९ दिन पछि अर्थात असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।


727 पटक हेरिएको 

