
काठमाडौ : अबको ६ दिन पछि हुन गईरहेको ‘खुला दिसामुक्त एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल घोषणा समारोह’ मा हरेक प्रदेशबाट ७ जनाको दरले सहभागिताको सुनिश्चितता गराईने भएको छ । समारोहमा सहभागिताका लागि प्रदेशका प्रमुख सचिव एवं भौतिक पूर्वाधार मन्त्रालयका सचिव लगायत सातै जनालाई पत्र पठाईसकेको छ ।
खुला दिसामुक्त नेपाल सचिवालयले जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) का अध्यक्षहरुलाई पनि सहभागिताका लागि छुट्टै पत्र पठाइएको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार अहिलेसम्म खुला दिसामुक्त घोषणा समारोहमा भाग लिन २२५ जनाले अनलाइन फारम भरेका छन् । असोज १३ गते हुने खुला दिसामुक्त समारोहको ब्यानर ‘खुला दिसामुक्त एवं पूर्ण सरसफाइमा अग्रसर नेपाल घोषणा समारोह’ राखिने नेपाल ओडिएफ तयारी समूहले निर्णय गरिसकेको छ ।


1319 पटक हेरिएको 

