
काठमाडौ : नेपाल खुला दिसामुक्त समारोह दुई शत्रमा विभाजन गरी सञ्चालन गरिने भएको छ । पहिलो शत्रको कार्यक्रमलाई ‘जर्नी टु ओडिएफ’ नाम दिईएको छ । जसमा पाँच मिनेटको डकुमेन्ट्री प्रदर्शन गरिनेछ । डकुमेन्ट्रीमा नेपालमा चलेको सरसफाइ आन्दोलन र खुला दिसामुक्त घोषणा सम्मको यात्रालाई समेटिनेछ ।
पहिलो शत्रको कार्यक्रममा नै सांस्कृतिक कार्यक्रम पनि हुनेछ । जसमा विविध जातजातिको भेषभुषालाई गीतको लय तथा शब्दसँग सुहाउँदो समिश्रण गरी देखाईनेछ । यसका लागि सांस्कृतिक संस्थानलाई जिम्मा दिईसकेको खुला दिसामुक्त नेपाल सचिवालयले जनाएको छ ।
खुला दिसामुक्त अभियान र अहिलेसम्मको उपलब्धीलाई नाटकको माध्यमबाट समेत प्रदर्शन गरिने भएको छ । यसको जिम्मा खुला सन्चार नाट्य समूहलाई प्रदान गरिएको सचिवालयले जनाएको छ ।
सरसफाइ क्षेत्रमा योगदान पु¥याई पुरस्कृत व्यक्तिहरुको नाम खुला दिसामुक्त समारोहमा डिस्प्ले गरिनेछ । ती मध्ये उत्कृष्ट पाँच जनालाई भने दोस्रो शत्रमा प्रमुख अतिथिकै हातबाट पुरस्कृत गरिने कार्यक्रम छ ।
दोस्रो शत्र : ओडिएफ राष्ट्र घोषणा
दोस्रो शत्रको कार्यक्रम करिब पौने १ बजे सुरु हुनेछ । दोस्रो शत्रको कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव माधव बेल्बासेको मन्तव्य रहनेछ । खुला दिसामुक्त समारोहमा वास सेक्टरको तर्फबाट फिनिस राजदुतले बोल्नुहुनेछ । त्यसपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं खानेपानीमन्त्री बिना मगरले मन्तव्य दिनुहुनेछ ।
त्यसपछि डिजिटल मनिटरमा नेपालमा खुलादिसामुक्त यात्रा झल्किने एनिमेटेड भिडियो प्रदर्शन गरिनेछ । जसले प्रमुख अतिथिलाई नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा गर्न प्रेरित गर्नेछ ।
यसरी असोज १३ गते करिब पौने तीन बजे नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिनेछ ।


1794 पटक हेरिएको 

