नेपाल ओडिएफ : अब ४ दिन बाँकी

 

काठमाडौ : नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने दिन आउन अब ४ दिन मात्र बाँकी छ । आजको ४ दिन पछि राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा हुने खुला दिसामुक्त घोषणा समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त एवं पूर्ण सरसफाइ तिर अग्रसर भएको घोषणा गर्नुहुनेछ ।

सरसफाइ गुरुयोजना २०६८ ले सन् २०१७ भित्रै देशलाई खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिए पनि तराई आन्दोलन, भारतको नाकाबन्दी र भूकम्प लगायत कारणले समयमै घोषणा गर्न सकिएको थिएन ।

सरकारले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रममै नेपाललाई चालु आर्थिक बर्षभित्र खुला दिसामुक्त घोषणा गरी स्थानीय तहसँगको सहकार्यमा अघि बढ्ने उल्लेख गरेको छ । खुला दिसामुक्त समारोहमा सहभागिताको लागि खानेपानी मन्त्रालयको अनुरोधमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रमुखलाई पत्र पठाईसकेको छ ।

घोषणा मिति नजिकिदै जाँदा सबै पक्ष तातिएका छन् । हिजो मात्र खानेपानी मन्त्रालय, नेपाल खुला दिसामुक्त घोषणा तयारी कार्य समूह, खुला दिसामुक्त घोषणा सचिवालयका पदाधिकारी सहितको संयुक्त बैठक खानेपानी मन्त्रालयमा बसेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार