
भक्तपुर : सबैको लागि सफा हात (Let’s Give Everyone a Clean Hand) भन्ने नाराका साथ भक्तपुरको चाँगुनारायण नगरपालिकाले विभिन्न वडाहरुमा विश्व हात धुने दिवस मनाइएको छ । चाँगुनारायण नगरपालिकाको वडा नं. २, ३, ४, ६, ७ र ९ का बिद्यालयहरुमा केन्द्रित गरी हात धुने कार्यक्रम आयोजना गरिएको थियो ।
विद्यालयमा अध्ययनरत बालबालिकाहरु, शिक्षक शिक्षिकाहरु, महिला स्वास्थ्य स्वयं सेविकाहरु, स्वास्थ्य चौकीका प्रमुख, चाँगुनारायण नगरपालिकाको पूर्ण सरसफाइ कार्यक्रमका कार्यक्रम संयोजक, नगरपालिका संयोजक, यु.एन ह्याबिट्याटका जिल्ला संयोजकको उपस्थितिमा विभिन्न कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा २०७८ पौष मसान्त सम्म पूर्ण सरसफाइ उन्मुख नगरपालिका बनाउने चाँगुनारायण नगरपालिकाको लक्ष्य र पूर्ण सरसफाइ उन्मुख चरणको सुचकहरुको बारेमा समेत जानकारी गराइएको थियो । साथै कार्यक्रममा साबुन पानीले हात धुनु पर्ने अगाडि र पछाडिको अवस्था बारे प्रस्तुतीकरण बिधीद्वारा प्रदर्शन गरिएको थियो । उक्त प्रस्तुतीकरणलाई सहभागी सबैले अनुशरण गरेका थिए ।
हाल चाँगुनारायण नगरपालिकाको पूर्ण सरसफाइ अभियानलाई विश्व सरसफाइ कोष (Global Sanitation Fund) र UN-Habitat ले सहयोग गरिरहेको छ ।
विश्व हात धुने दिवससँग सम्बन्धित थप फोटाहरु :









1127 पटक हेरिएको 

