यती एयरलाइन्सले हटायो प्लाष्टिक कप

 

काठमाडौ : यती एयरलाइन्सले आफ्ना सबै विमानमा प्लास्टिक कप प्रयोग गर्न बन्द गरेको छ । यात्रुलाई पानी तथा पेय पदार्थ दिन प्रयोग भइरहेको प्लास्टिक कप हटाएर एयरलाइन्सले कागज कप प्रयोगमा ल्याएको हो । यती एअरलाइन्स नेपालमा कार्बन न्युट्रल अभियान सुरुवात गर्ने पहिलो र एक मात्र हवाई कम्पनी भएकाले विमानमा प्रयोग भइरहेको प्लास्टिक कप हटाइएको एयरलाइन्सका प्रवक्ता भीमराज राईले जानकारी दिनुभयो । प्लास्टिक कप विस्थापन कार्य कार्बन न्युट्रल अभियानमा थप सहयोग बन्ने र यसले कार्बन उत्सर्जनमा कमी आउने उहाँले बताउनुभयो ।

पेपर कपको उद्घाटन कार्यक्रममा यूएनडीपीकी आवासीय प्रतिनिधि आइसियानी लेबेले यती एअरलाइन्सको यो प्रयास अत्यन्तै सकारात्मक रहेको बताउनुभयो प्लास्टिक प्रयोगमा कमी ल्याउन सबैको संयुक्त प्रयास हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

 

थप २ वटा विद्युतीय कार सञ्चालनमा

 

पेपर कपसँगै यती एअरलाइन्सले थप २ वटा विद्युतीय कार प्रयोगमा ल्याएको छ। एअरपोर्टमा यात्रुलाई विमानसम्म ल्याउनरर्पुयाउन विद्युतीय भ्यान सञ्चालनमा ल्याएको हो । एयरलाइन्सले प्रयोगमा ल्याइएका जहाज तथा सवारी साधनबाट भएको उत्सर्जित कार्बनको राष्ट्रसंघबाट सम्बन्धन प्राप्त संस्थाबाट अडिट गराई क्षतिपूर्ति पनि गर्दै आइरहेको छ ।

यतीले दीगो विकास लक्ष्य पूरा गर्न संयुक्त राष्ट्रसंघ विकास नियोग (यूएनडीपी) सँग सहकार्य गरिरहेको छ। दीगो विकास लक्ष्यका १७ बुँदामध्ये १३ नम्बर बुँदा क्लाइमेट एक्सन अन्तर्गत कार्बन न्युट्रल अभियान अगाडि सार्दै आएको छ । सोहीअन्तर्गत यतीले बढी इन्धन खपत गर्ने विमान विस्थापन गरी कम इन्धनमा चल्ने एटीआर विमान खरिद गरी सेवा दिँदै आइरहेको छ । यसका साथै बढी इन्धन खपत गर्ने सबै विमानलाई विस्तारै विस्थापन गर्दै लैजाने योजना छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार