
धादिङ : धादिङका विभिन्न खानेपानी उपभोक्ता समितिका पदाधिकारीलाई खानेपानी सुरक्षा योजना सम्बन्धी तालिम दिईएको छ । प्रयास नेपाल धादिङ र अक्सफामको साझेदारीमा संन्चालित पूर्णिमा परियोजना अन्तर्गत चौथो चरणमा निर्माण हुने बेलिनिटार, शेरावेशी, परेवाटार,पिडा र बज्रकोट खानेपानी तथा सरसफाइ आयोजनाका पानी सुरक्षा टोलीका पदाधिकारीहरुलाई तालिम दिइको हो ।
तालिममा आयोजना दिगोपना र गुणस्तर कायम राख्न जलाधार क्षेत्र देखि मुहान सम्म सुरक्षित खानेपानी आपूर्ति गर्ने आउने जोखिम,जोखिमको बिश्लेषण तथा निराकरणका उपायहरु लगायत बिषयमा छलफल गरिएको थियो । तालिमकै क्रममा सहभागीहरुलाई गैडाँकोट नगरपालिका १५ मा रहेको अमराबती खानेपानी तथा सरसफाइ आयोजनाको स्थलगत अनुगमन भम्रण तथा उपभोक्ता समितिसँग राम्रा अभ्यासहरु तथा सिकाईको अन्तरक्रिया गरिएको थियो ।
दिगो खानेपानी आयोजनाको मुख्य अंगको रुपमा रहेको पानी सुरक्षा योजना सम्बन्धी तालिममा खानेपानीको गुणस्तर जाँच गर्ने सीप प्रदान गर्नुका साथै गुणस्तर जाँच गर्ने किट पनि हस्तान्तरण गरिएको छ । तीन दिन सम्म संचालित पानी सुरक्षा योजना तालिमको सहजिकरण संस्थाका कार्यकारी निर्देशक दामोदर अर्याल, ईन्जिनियर अन्जन अधिकारी,जनस्वास्थ सहायक ईन्जिनियर धिरज भण्डारी, जुनेश जंगसाह जनस्वास्थ सहायक हेमराज महरा, गोबिन्द बिडारी लगायतले गर्नुभएको थियो ।
गजुरी गाउँपालिका २, मलेखुमा सञ्चालित तालिममा ५ वटा खानेपानी उपभोक्ता समितिका २८ जनाको सहभागिता रहेको थियो ।


1547 पटक हेरिएको 

