यसरी निर्माण हुँदैछ बञ्चरेडाँडा ल्याण्डफिल्ड साईट (हेर्नुहोस् ११ फोटोमा)

 466 पटक हेरिएको

 

बञ्चरेडाँडा : काठमाडौ उपत्यकाको फोहोर विसर्जन गर्दै आएको सिसडोल ल्याण्डफिल्ड साईटको विकल्पमा निर्माण भईरहेको बञ्चरेडाँडा ल्याण्डफिल्ड साईट निर्माणको काममा ढिलाई भएको छ । करिब ८० प्रतिशत काम सम्पन्न हुनुपर्ने बेला बल्ल २५ प्रतिशत काम मात्र सम्पन्न भएको छ ।

सहरी विकास तथा भवन निर्माण विभागले २०७६ बैशाख २२ मा लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीलाई एक वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का दिएको थियो । ठेक्का सम्झौता सकिन ५ महिना मात्र बाँकी रहँदा एक चौथाई काम मात्र सम्पन्न भएको हो ।

 

अहिले फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोल भन्दा करिब दुई किलोमिटर अगाडि बन्चरेडाँडा पर्छ । ल्याण्डफिल साइटमा धादिङ जिल्लाको धुनीबेंसी–१ का केही भूभाग र नुवाकोटको ककनी गाउँपालिका २ र ३ को केही भू भाग पर्छन् ।

हाल ल्याण्डफिल साइट निर्माण क्षेत्रको क्षेत्रफल एक हजार ७ सय १९ रोपनी छ । धादिङ र नुवाकोटका स्थानीयले थप पाँच हजार रोपनी जग्गा अधि ग्रहण गर्नुपर्ने माग गर्दै आएका छन् । अधिग्रहण भएको क्षेत्रभन्दा तीन किलोमिटर वरपरको सबै जग्गा अधिग्रहण गर्नुपर्ने स्थानीयको माग छ ।

 

बन्चरेडाँडा ल्याण्डफिल्ड साइट निर्माण सम्पन्न भएपछि काठमाडौ उपत्यकाको फोहोर ५० वर्षसम्म धान्न सक्ने बताइएको छ । हाल काठमाडौ महानगरपालिका सहित १८ वटा नगरपालिकाको फोहोर सिसडोलमा व्यवस्थापन गर्दै आएको छ ।

दैनिक उत्पादन हुने करिब ११ सय टन फोहोर ३ सय ५० देखि ४ सय गाडी मार्फत सिसडोल पु¥याउँदै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार