
काठमाडौ : तपाईको स्थानीय तहमा स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समिति गठन गर्नुभयो ? गठन गर्नुभएको छैन भने आजै प्रक्रिया सुरु गर्नुहोस् । किनकि सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुका लागि दिईने नि:शुल्क स्यानिटरी प्याड वितरणका लागि यो समितिको महत्वपूर्ण भूमिका रहन्छ ।
सरकारले नि:शुल्क स्यानिटरी प्याड वितरणका लागि जारी गरिएको स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ ले हरेक स्थानीय तहमा स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समिति गठन गर्ने प्रावधान राखेको छ ।
सामुदायिक विद्यालयका छात्राहरुको लागि स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यमा आवश्यकता अनुसार समन्वय, सहजीकरण र अनुगमन गर्न स्थानीय तह स्तरीय स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समिति गठन गर्नुपरेको हो ।
यसरी गठन गरौं, स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन समिति


प्याड वितरण तथा व्यवस्थापन समितिको काम कर्तव्य र अधिकार

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रत्येक स्थानीय तहका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुको तथ्याङ्क संकलन एवं अद्यावधिक गरी हरेक स्थानीय तहलाई स्यानिटरी प्याड खरिद गर्न आवश्यक पर्ने बजेट एकीन गरी अर्थमन्त्रालय सँग माग गर्नेछ ।
मन्त्रालयको मागको आधारमा अर्थमन्त्रालयले स्थानीय तहलाई आवश्यक पर्ने बजेट उपलब्ध गराईनेछ र बजेटलाई स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक सूचना व्यवस्थापन प्रणालीको तथ्याङ्कसँग भिडाइ मापदण्ड बमोजिमको स्यानिटरी प्याड खरिद गरी वितरण गर्नुपर्ने स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ मा उल्लेख गरिएको छ ।
स्यानिटरी प्याड वितरणलाई व्यवस्थित बनाउन संघ प्रदेश एवं विद्यालय स्तरमा समेत समिति गठन गर्नुपर्ने प्रावधान राखेको छ । हामी क्रमशः प्रकाशन गर्दै लानेछौं । कृपया वास खबर हेर्दै गर्नुहोला ।


3999 पटक हेरिएको 

