स्यानिटरी प्याड भेन्डिङ मेसिन किन प्रयोग गर्ने ?

 2152 पटक हेरिएको

काठमाडौ : सरकारले सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिनावारी भएको समयमा निःशुल्क स्यानिटरी प्याड दिन थालेको छ । तर स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउँदैमा छात्राको पहुँचमा पुग्छ नै भन्ने छैन । कहिलेकाहीं आकस्मिक आवश्यकता पर्ने, लजालु स्वभावका छात्राहरुले फोकल शिक्षक सँग माग्न नसक्ने, सहपाठीले जिस्काउने र गोपनियता भङ्ग हुने डरले स्यानिटरी प्याडमा सबै छात्राको पहुँच नपुग्न सक्छ ।

तर यसलाई पनि सम्भव तुल्याएको प्रविधिले । स्वचालित स्यानिटरी प्याड भेन्डिङ मेसिन छात्रा शौचालयमा जडान गरी प्याड वितरण गर्ने व्यवस्था मिलाएमा उल्लेखित सबै समस्या हल हुने प्याड भेन्डिङ मेसिनका प्रबर्धकहरु बताउँछन् । हामीले नेपालमा स्यानिटरी प्याड भेन्डिङ मेसिनको बजारीकरण गर्दै आएको स्मार्ट लिभिङ टेक्नोज् प्रा.लि.का कार्यकारी निर्देशक सुरेश सेजवाल सँग मेसिनको प्रभावकारिता, फाइदा र प्रयोग गर्ने विधिका बिषयमा भिडियो सम्बाद गरेका छौं ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार