
काठमाडौ : देशैभरिका विमानस्थलहरुमा सरसफाइका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र गैर आवासीय नेपाली संघले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायत देशभरिका विभिन्न ११ वटा विमानस्थलहरुको सरसफाइ निरीक्षणका क्रममा विमानस्थलहरुमा सरसफाइका लागि आवश्यक केमिकल अभाव रहेको पाइएको हो।
विमास्थलहरुमा सीसा र भुई सफा गर्ने छु्ट्टै केमिकल हुनुपर्ने भएपनि त्यो नभएको पाइएको सरसफाइ अभियन्ता खेमराज शर्माले बताउनुभयो । यस्तै सरसफाइ मजदुरका लागि आवश्यक पर्ने मास्क, चस्मा, पञ्जा लगायतका सामग्रीहरु अभाव देखिएको सरसफाइ मजदुरहरुको ड्रेस कोड नभएको पाईएको उहाँले बताउनुभयो । उनीहरुको स्वास्थ्य तथा सुरक्षाका विषयमा ध्यान दिनुपर्ने उहाँको सुझाव छ ।
निरीक्षण टोलीले पर्यटनमन्त्री योगेश भट्टराईलाई अध्ययन प्रतिवेदन बुझाईसकेको छ । सरसफाइको अवस्थाका विषयमा गरिएको अध्ययनका क्रममा अन्तर्राष्ट्रिय मापदण्ड अनुसार कुनै पनि विमानस्थलमा सरसफाइ नभएको पाइएकोले सरकारले आवश्यक नीति बनाएर अगाडि बढ्नुपर्ने सुझाव प्रतिवेदनमा छ। प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले प्राप्त सुझावहरुलाई छ्ट्टिै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गर्नुभयो । पहिलो एक महिनामा सुझाव अनुसार नागरिक उड्डयन प्राधिकरण मार्फत विमानस्थललाई पठाउने र तीन महिनापछि पुनः अनुगमन गरी अवस्था सुधार भए नभएको विषयमा जानकारी लिने उहाँले बताउनुभयो ।


968 पटक हेरिएको 

