भक्तपुरमा मेलम्चीको पानी पहिलो चरणमै वितरण गरिने

भक्तपुर : भक्तपुरमा मेलम्चीको पानी पहिलो चरणमै वितरण गरिने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र आयोजना कार्यान्वयन निर्देशनालय (पीआइडी) का पदाधिकारीहरू बीच सम्पन्न बैठकले मेलम्चीको पानी पहिलो चरणमै भक्तपुरमा वितरण गर्ने निर्णय गरिएको हो ।

बैठकले मेलम्चीको पानी काठमाडौं उपत्यकामा उपलब्ध भएपछि पहिलो चरणमै भक्तपुर नगरपालिकामा वितरण गर्ने र नयाँ खानेपानी वितरण प्रणाली नबनुञ्जेल पुरानै प्रणालीबाट वितरण गर्ने निर्णय गरिएको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाले मेलम्चीको पानी पहिलो चरणमै भक्तपुरमा पठाउन पहिले देखि नै माग गर्दै आएको थियो । बैठकमा भक्तपुरको खानेपानी तथा ढल निकासको समस्या बारे पीआइडीका पदाधिकारीहरु बीच बृहत छलफल गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार