सुमना उपाध्याय : छाउपडी प्रथा भनेको एक दम नरनम्रो प्रथा हो र यसले धेरै मानिसको ज्यान लिएको छ किनकी महिलाहरु व केटीहरु मिन्स हुदाँ गोरु बस्ने गोठमा बस्छन् । त्यो गोठमा धेरै जसो किरा फट्याङ्ग्रा वा सर्प हुन्छ त्यो सर्वले टोक्दा धेरै मानिसको ज्यान गएको छ । अझै पनि गोठमा बस्दा ज्यान पनि जान सक्छ । त्यो गोठमा धेरै गनाउने हुन्छ । नगनाओस भनेर त्यो गोठमा आगो बाल्छन आगो बाले पछि धुवा धुकाल हुन्छ धुवा धुकालमै महिलाहरु सुत्छन् त्यो धुवा धुकाल हाम्रो शरीरमा पस्छ । हाम्रो शरिरमा पसेपछि हामैो फोक्सो कलेजोमा असर र त्यो गोठमा हावा वा अक्सीजनका जाने ठाउँ हुदैन अनि धेरै मानिसको ज्यान पनि जान्छ । त्यसैले छाउपडी प्रथा अन्ते गर्नुपर्छ । पहिलाको पुर्खामा महिलाहरु धेरै छाउ मान्थे र गोठमा पाि बस्दैन थे खेतमा वा ओडारमा बस्थे भने कोही खलामा डोका फालेर बस्थे हाम्रो घरमा पनि मेरी आमा आगनामा डोका आखेर त्यस माथि पाल फलेर बाहिर बस्नुहुन्थ्यो ।
आमा आफ्नो घरको ढोका अगाडि पनि आउनु हुन्नथ्यो र दूध, दइ, मइ, चिउ पनि खानुहुदैनथ्यो , हाम्रो घरमा आठ ८ दिन नहुदासम्म घरका मानिसले आमाले पकाएको खाना पानी पनि खानुहुदैन्थ्थो रे त्यपछि ८ दिन भएपछि नुवाइ धुवाई गरेपछि मात्र खाना खानु हुन्थ्यो र त्यपछि दिदि मिन्स हुनुभयो दिदीलाई पनि आमाले गोठमै बस भनुभयो र खाना लुगा कपडा पनि गोठमै लिदिनुभयो । अनि दिदी पनि गोठमै बस्न बाध्य हुनुभयो र दिदी पहिलो पटक मिन्स हुदाँ दिदीले साह्रै दुख मान्नुभयो र असाध्यै रुनुभयो वा कराउनुभयो मलाई पनि दिदी गोठमा बसेको देख्दा मलाई पनि साह्रै दुख लाग्यो दुख लागेर के गनेृ पहिलादेखि चलिआएको चलन मान्नुपर्छ नमानेपछि देवि देउताहरु रिसाउँछन् । आमाले भन्नुभयो ।
दिदीले निस्तै खाना खादा मलाइै रुन मन लाग्यो । आजकाल दिदीको पालामा आमाको पाललामा जस्तो छाउपडी प्रथा मान्दैनन् आजकाल त आफ्नै गोठमा बस्न पाउछन् । पहिला आमाको पालामा त बारीमा वा खेतमा बस्थे भने आजकाल आफ्नो घरको आगनमा आएर आफ्नो गोठमा बस्न पाउँछन् तर पनि मानिस भएको बेला घरामा जान दिदैनन् र चर्पी पनि जान दिदैनन आफूले लाजमान्दामान्दै पनि कसैको खेतमा वा आफ्नो खेतमा दिसा पिसाब गर्न जानुपर्छ ।
म मिन्स ह’दाँ पनि आमाले र दिदीले हामी पनि गोठमा बसेर आयौ तैले पनि गोठमा बस्नुपर्छ भन्नुभयो मलाई त साह्रै दुख् लाग्यो र रुन मन पाि लाग्यो र पहिला पहिला मलार्य गोठमा बस्न वा एक्लै सुत्न साह्रै डर लाग्थ्यो । मसंग सुत्न दिदी आउनुहुन्थ्यो र दिदी र मसंग सुत्छेउ र मलाई साहै्र निन्दा लाग्थ्यो दिदी नभएपछि मलाई अध्यारो गोठमा सर्पको डर लागथ्यो र मलाइृ निन्द्रा लाग्दैन्थ्यो ।
अरु भित्र गएको बेला आफ्नो मन पनि भित्र जाउ जाउ जसतो लाग्छ । अरुले महि संग खाना खाउको देख्दा आफु पनि महि खाउ खाउ जस्तो लाग्थ्यो तर घरका मानिसहरु दिदैनन । छाउ भएको मानिसले दुध, दई खाए पछि भैसी वा गाई नदिने हुन्छन वा बिर्गन्छन् भन्ने पहिलाका मानिसहर भन्छन् । हामी छाउ गोठमा बस्दा साह्रै अफ्ठ्यारो मान्छौ हामीसंग शुद्घ कपडा वा प्याड हुदैनथ्यने आजकाल छाउपडी प्रथा नेपाल भन्ने संस्था छ त्यो संस्थाले हाम्रो विद्यालयमा वा गाउँमा प्याड बाड्ने कार्यक्रम गरे र हामीलाई प्याड बाडे र आजकाल आमी त्यही प्याड प्रयोग गछौं र हामीलाई आजकाल सजिलो हुन्छ र हामी सजिलैसंग् स्कूल अन्य काममा जान सक्छौं र जोसुकै काम पनि गर्न सक्छौं । अब हामीले गोठमा होइन घरमा बस्ने गनुपर्छ । हामी प्याडको प्रयोग गरि सफासुगर भए हामी घरमै बस्न सक्छौं ।
आजकाल विभिन्न संस्था वा कार्यक्रम स्कुलमा गदाृ हामीले सबै कुराहरु थाहा पाइसकेका छौं । अब आमीले गोरु बस्ने गोठमा बस्नु हुदैन । हामी मिन्स भएर गोठमा बस्न गएपछि हामिले पोषिले खानेकुरा खान पाउदैनौ र हाम्रो स्वास्थ कमजोर हुन्छ र कमजोर भएपछि विभिन्न प्रकारका रोगहरु लाग्न सक्छन् ।
हामी मिन्स भएको बेला हामीलाइृ पोषिलो खानेकुरा चाहिन्छ र आराममो पनि जरुरी छ र आराम नभएपछि र पोसिलो खानेकुरा नखाएपछि भविष्यमा विवाह गरेपछि पाठेघरमा असर पर्छ । असरपरेपछि बच्चा जन्माउन ग्राहो हुन्छ । बच्चा जन्मेपछि पनि अपाङ्ग भएर वा लङगडो भएर जन्मन्छ , त्यसैले मिन्स भएको बेला आराम र पोषिलो खानेकुरा जस्तै माछा, मासु, अण्डा, गेडागुडी, दुध, दई, घिउ, मह, पहेला फलफूल जरुरी हुन्छ । अब हामीले मिन्स भएको बेला सगबर भन्दै नभनने गर्नुपर्छ भनेपछि गोठमा जानु हुदैैन आफ्नो स्वास्थको सुरक्षा गर्नुपर्छ । अब छुवाछुत मान्नु हुदैन । छाउपडी प्रथाको अन्त गर्नुपर्छ भनने मेरो भावना वा चाहाना छ ।
उपाध्याय कक्षा १० मा अध्ययनरत छिन् ।


1162 पटक हेरिएको 

