यी हुन् मेलम्चीको पानी आजैदेखि पिउन पाउने भाग्यमानी उपभोक्ता, ९ दिन बिराएर आउने पानी अब दिनहुँ आउने

काठमाडौ : बर्षौदेखि मेलम्ची खानेपानीको सपना बोकेर बसेका काठमाडौका बासिन्दाले आजदेखि मेलम्चीको पानी विपनामै पिउन पाउने भएका छन् । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले मेलम्चीको पानीलाई आज खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित रिजर्भ्वायर ट्याङ्क मार्फत वितरण गर्दैछ । आज पहिलो दिन चार करोड लिटर मात्र वितरण गर्ने खानेपानी सचिव माधव बेल्बासेले जानकारी दिनुभयो ।

उहाँले काठमाडौ उपत्यका खानेपानी लिमिटेडका पुराना पानीपोखरी मार्फत पुरानै वितरण संजालमा यो पानी घर घरमा बितरण गरिने जानकारी दिनुभयो । ‘सुरुमा दैनिक ४ करोड लिटरबाट परिक्षण वितरण सुरु गरी क्रमिक रुपमा वृद्धि गर्दै दैनिक १७ करोड लिटरबाट प्रणाली क्तबदष्ष्शिभ नहुन्जेल यो वितरणलाई परिक्षणको रुपमा बुझिदिनुहोला।’ उहाँले भन्नुभयो ।

समस्या आए फोन गर्नुहोस्

खानेपानी सचिव माधव बेल्बासेले पुरानो वितरण संजालबाट पानी आउन्जेल निर्मलीकरणका घरेलु विधिलाई निरन्तरता दिन आग्रह गर्नुभयो । परिक्षणलाई सफल पार्न सबै पक्षको साथ र सहयोग अपरिहार्य भएकाले कुनै जानकारी लिन-दिन पैसा नलाग्ने फोन नम्बर ११३९ मा फोन गरेर जानकारी गराउन पनि उहाँले आग्रह गर्नुभयो ।

९/१० दिन विराएर आउने पानी अब दिनहुँ आउने भएको छ । सुरुमा दैनिक २ घण्टा पानी वितरण गर्ने योजना रहेपनि मेलम्चीको १७ करोड लिटर पानी आपूर्ति हुन थालेपछि दैनिक ६ घण्टाको दरले पानी वितरण गर्ने योजना रहेको मीनभवन वितरण केन्द्रका प्रमुख नारायण कर्णले जानकारी दिनुभयो ।

आज पानी वितरण हुने क्षेत्रहरु :

महांकालचौरबाट वितरण हुने क्षेत्रहरु : असन कमलाक्षी, नक्साल, त्रिपुरेश्वर, जय बागेश्वरी, देवकोटा सडक, बानेश्वर, रातेपूल, गौशाला, कालिमाटी डोल, पुरानो बानेश्वर, मिलन चोक, रातोपुल, हनुमान स्थान बबरमहल, कुरिया गाउँ आदि , केसर महल, इन बहाल, माली गाउँ, हाँडी गाउँ, विशाल नगर, चारखाल, डिल्ली बजार, बाग बजार, पुतलीसडक, माईतीघर, त्रिपुरेश्वर, चावहिल, सरस्वतीनगर, गणेशथान, कुटुबहाल, मित्रपार्क, चावहिल, क्षेत्रपाटी, डिल्लीबजार, घट्टेकुलो ।

मीनभवनबाट वितरण हुने क्षेत्रहरु : क्षितिजमार्ग, हनुमानमार्ग, बुद्धमार्ग, शंखमूल पश्चिम तर्फ विनायक नगरका क्षेत्रहरु । सुविधानगर, बासुकीनगर, श्रंखला गल्ली, डाँफेचरी मार्ग, आलोनगर, श्रीनगर, दोभान, सहयोगी नगर, पँधेरोमार्ग आदिका क्षेत्रहरु । शान्तिगर गैरी गाउँका क्षेत्रहरु, मध्य वानेश्वर, मिलनचोक, संगमचोक र देउराली चोकका क्षेत्रहरु, शंखमूल रोड पूर्व, सुरुचि टोल, गणेशमार्ग, विज्ञान मार्ग, हनुमानमार्ग, क्षितिजमार्ग, सिडिओ टोलका क्षेत्रहरु, थापागाउँ वानेश्वर हाईटका क्षेत्रहरु, भावना मार्ग, शान्ति मार्ग, हेम्स अस्पतालका क्षेत्रहरु, कुरिया गाउँका क्षेत्रहरु, प्रयागमार्ग, नापी हाईट र श्रीनगर १ र २ तथा हनुमान स्थानका क्षेत्रहरु ।

यस्तै खुमलटार र अनामनगर वितरण केन्द्रबाट समेत आजै मेलम्चीको पानी वितरण हुने मेलम्ची खानेपानी उप आयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले जनाएको छ ।

आज खुमलटार, मीनभवन, महांकाल र अनामनगर वितरण केन्द्रबाट ४ करोड लिटर पानी वितरण गरिने र दुई दिनपछि सुन्दरीजल र बालाजु वितरण केन्द्रबाट पनि पानी वितरण गरिनेछ । सुन्दरीजल र बालाजुबाट पनि वितरण गर्न थालेपछि दिनको साढे ६ करोड लिटर पानी आपूर्ति हुनेछ । चैत २१ गते पानीपोखरी र बाँसबारीस्थित ट्यांकीबाट पनि पानी वितरण गरिने र त्यसदिन देखि दैनिक साढे आठ करोड लिटर पानी वितरण गर्ने योजना रहेको

मेलम्ची खानेपानी उप आयोजना–२ का उपनिर्देशक प्रजापतिले जानकारी दिनुभयो । मेलम्चीको पानी गत फागुन २२ गते सुन्दरीजलमा झारिएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार