खानेपानी तथा सरसफाइ विधेयक प्रमाणीकरण

काठमाडौ : राष्ट्रपति विद्यादेवी भण्डारीले खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश गरिएको खानेपानी तथा सरसफाइ विधेयक राष्ट्रपति भण्डारीले मंगलबार प्रमाणीकरण गर्नुभएको हो । यसअघि प्रतिनिधिसभा बैठकले साउन २ गते खानेपानी तथा सरसफाइ विधेयक २०७७ सर्वसम्मतिले स्वीकृत गरी राष्ट्रपति समक्ष प्रमाणीकरणका लागि पेश गरिएको थियो ।

तत्कालीन खानेपानीमन्त्री बीना मगरकै पालामा विधेक प्रतिनिधिसभामा पेश गरिएको थियो । सबैभन्दा सुरुमा २०७६ जेठ ६ गते प्रतिनिधीसभाका सदस्यरुलाई वितरण गरिएको खानेपानी तथा सरसफाइ विधेयक २०७६ असार २२ गते प्रतिनिधि सभामा प्रस्तुत गरिएको थियो । प्रतिनिधि सभामा सामान्य छलफल पछि २०७६ भदौ १ गते समितिमा दफावार छलफल गरिएको थियो भने २०७७ असार ४ गते समितिको प्रतिवेदन पेश गरिएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधान बमोजिम सो विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । छ । खानेपानी तथा सरसफाइ विधेयक प्रमाणीकरण भएपछि खानेपानी तथा सरसफाइ क्षेत्रको छुट्टै ऐन निर्माण भएको छ । ऐन कार्यान्वयन भएपछि विद्यमान संघीय व्यवस्था अनुसार तीनै तहको सरकारले खानेपानी तथा सरसफाइ क्षेत्रको कार्य गर्न सहज हुने विज्ञहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार