
काठमाडौ : सार्वजनिक शौचालयको आवश्यकता भएको र कुल लागतको ५० प्रतिशत लागत बेहोर्न चाहने गाउँपालिका तथा नगरपालिकाबाट सार्वजनिक शौचालयको माग आव्हान गरिएको छ । यसका लागि सम्बन्धित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयहरुमा माग पत्र बुझाउन खानेपानी तथा ढल व्यवस्थापन विभागले अनुरोध गरेको छ ।
विभागले ढल निर्माण तथा प्रशोधन कार्यक्रम अन्तर्गत लागत साझेदारीको अवधारणामा सार्वजनिक शौचालय निर्माण गर्न लागेको हो । यसका लागि शौचालय निर्माण गर्न आवश्यक जग्गा सम्बन्धित स्थानीय तहले उपयुक्त स्थानमा उपलब्ध गराउनुपर्ने र सार्वजनिक शौचालय सञ्चालन गर्ने, नियमित पानीको आपूर्ति गर्ने, मर्मत सम्भार गर्ने लगायत व्यवस्थापकीय कामकाज गर्ने जिम्मेवारी सम्बन्धित स्थानीय तहको हुने विभागद्वारा जारी सूचनामा उल्लेख छ ।
सार्वजनिक शौचालयको डिजाइन, लागत अनुमान तयारी तथा सुपरिवेक्षणको जिम्मेवारी भने सम्बन्धित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले गर्नेछ ।
कुन जिल्लाको स्थानीय तहले कुन संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनामा निवेदन दिने भन्ने विवरण र समझदारी पत्रको नमुना विभागको वेभसाईट www.dwssm.gov.np हेर्न सक्नुहुनेछ ।
विस्तृतमा हेर्नुहोस् सूचना र समझदारी पत्र


4122 पटक हेरिएको 

