चाडपर्व लक्षित सरसफाइ कार्यक्रममा दैनिक दुई टिपर फोहर सङ्कलन

  वास खबर सम्वाददाता  597 पटक हेरिएको
🔗
11
Shares

काठमाडौ : काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले थालेको पर्व लक्षित विशेष सरसफाइमा दैनिक २ ट्रिपर थप फोहर सङ्कलन हुने गरेको छ । पर्व लक्षित अभियान अन्तर्गत नियमित सफाइसँगै शक्तिपीठ, सडक, सम्पदा क्षेत्र, चोक, गल्ली, टोलको सरसफाइ गर्ने गरिएको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार विभाग र महानगर प्रहरी बलबाट खटिने जनशक्तिसँगै प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गतका जनशक्तिलाई विशेष सरसफाइ, स्वच्छता र सुन्दरता अभिवृद्धि गर्ने काममा लगाईएको छ।

आज महाअष्टमी र भोलि महानवमीका दिन बिहान ४ बजेदेखि ७ बजेसम्म अभियान चल्ने साइट इञ्चार्ज इञ्जिनियर सरकारदीप श्रेष्ठले जानकारी दिनुभयो । विजयादशमी र एकादशी गरी २ दिन भने अभियान बन्द रहनेछ । पर्व लक्षित अभियान द्वादशीका दिन देखि पुनः नियमित हुने उहाँले बताउनुभयो । काठमाडौं महानगरपालिकाले दशैँ लगायत पर्वका बेला फोहोर व्यवस्थापनमा सघाउ पुर्‍याउन अनुरोध गरेको छ ।

पर्वका समयमा घरघरमा खानेकुरा धेरै पकाइने भएकाले मुख्य दिनहरुमा घरेलु फोहर धेरै उत्पादन हुन्छ । यस्ता फोहरलाई सकेसम्म व्यवस्थापन गर्न र फाल्नुपर्ने फोहर सङ्कलक आएपछि मात्र बाहिर निकाल्न महानगरको भनाइ छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार