
काठमाडौ : मेलम्चीको पानी चौथो पटक काठमाडौँ उपत्यकावासीको धारामा बितरण हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भोलि सोमबार सिंहदरबारमा मेलम्चीको पानी पुन: वितरणको शुभारम्भ गरेपछि मेलम्चीको पानी काठमाडौ उपत्यकावासीको धारामा पुग्ने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले जानकारी गराउनु भयो ।
कार्यकारी निर्देशक अन्सारीका अनुसार मेलम्ची खानेपानी आयोजनाको मुहान स्थलबाट बुधवार नै पानी सुरुङ्गमा पथान्तरण गरी सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रमा प्रसोधन भैरहेको छ ।
यसरी गरिन्छ सुन्दरीजलमा पानी प्रशोधन :
सुन्दरीजल प्रशोधन केन्द्रबाट थोक वितरण प्रणालीको माध्यमबाट काठमाडौमा रहेका विभिन्न वितरण केन्द्रहरुमा पुग्नेछ। वितरण केन्द्रबाट बितरण सन्जाल हुँदै उपभोक्ताको धारामा पुग्ने कार्यकारी निर्देशक अन्सारीले बताउनुभयो ।
खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रो बीच पुस ३ गते २८ दिनको समय सीमा तोकेर समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
सोही समझदारी अनुसार निर्माण कम्पनीले दुई सिफ्टमा काम गरी तोकिएको समयमै सम्पन्न गरेपछि भोलि माघ १ गतेदेखि पुनः पानी वितरण हुन लागेको हो ।


531 पटक हेरिएको 

