
धनकुटा : खानेपानीमन्त्री राजेन्द्रकुमार राईले नेपालको खानेपानी समस्याको क्रमशः समाधान गर्दै जाने बताउनुभएको छ । गृह जिल्ला धनकुटा पुग्नुभएका राईलाई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाले गरेको सम्मान कार्यक्रममा उहाँले विशेष गरी नेपालको पहाडी जिल्लामा देखिएको खानेपानी समस्याको समाधान गर्न योजना बनाएर काम गर्ने बताउनुभयो ।
“नेपालको खानेपानी समस्या समाधान गर्नका लागि योजना बनाएरै काम गर्छु”, मन्त्री राईले भन्नुभयो । धनकुटाको खानेपानी समस्या समाधानका लागि विशेष पहल गर्ने उहाँको भनाइ थियो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली काँग्रेस सँगको गठबन्धन तोडेर एमाले लगायतका दलहरु सँग नयाँ गठबन्धन गरेपछि नयाँ सरकारमा राई नेकपा एमालेको तर्फबाट खानेपानी मन्त्री नियुक्त हुनुभएको हो।


531 पटक हेरिएको 

