
सप्तरी : नेपाल खानेपानी संस्थान राजविराज शाखा अन्तर्गत निर्मित खानेपानी संरचनाको संघीय खानेपानी मन्त्री राजेन्द्र कुमार राईले उदघाटन गर्नुभएको छ । राजविराज नगरपालिकाको वडा नं. १ स्थित चनौरा पडरिया र वडा नं. ६ स्थित खर्साल टोलमा निर्मित ओभरहेड पानी ट्याङ्की र पानी प्रशोधन संरचनाको मन्त्री राईले उदघाटन गनुभएको हो ।
नवनिर्मित ओभरहेड ट्याङ्कको क्षमता ४५० घन मिटर रहेको छ। खानेपानी आयोजना बाट राजविराज नगरपालिकाको वडा नं. १, २ र १० लगायतका बडाबासीहरुमा सुरक्षित खानेपानी सेवा उपलब्ध हुने नेपाल खानेपानी संस्थान, राजविराज शाखाका प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयो।


586 पटक हेरिएको 

