काठमाडौ : खानेपानीको मुहान देखि घरको धारासम्म आईपुग्न पानीले थुप्रै संरचनाहरु पार गर्नुपर्छ। प्रशोधन नगरी पठाएको कुनै पनि खानेपानी मुहानमा इन्टेक, त्यसपछि मुख्य पाइप लाइन हुँदै रिजर्भ्वायर ट्याङ्क र त्यसपछि वितरण पाइपलाइन भएर बल्ल धारामा आईपुग्छ ।
यस क्रममा प्रत्येक चरणमा खानेपानी प्रदुषण हुन सक्ने सम्भावना हुन्छ । मुहानमा गाईवस्तु तथा अन्य पशुचौपायाको प्रवेशका कारण पानी प्रदुषण हुन सक्छ भने पाइप फुटेमा बाहिरी फोहोरहरु पाइपभित्र छिर्न गई पानी प्रदुषण हुन सक्छ ।
यस्तै रिजर्भ्वायर ट्याङ्क लामो समयसम्म सफा नगर्दा त्यसमा धुलो र माटोका कणहरु जम्मा भई विभिन्न सुक्ष्म जीवाणुहरु उत्पादन हुन सक्छन् । त्यसपछि धारा र वरपरको फोहोरले गर्दा त्यहाँ पनि पानी प्रदुषण हुन सक्छ ।
यसरी प्रत्येक संरचनामा खानेपानी प्रदुषण हुन सक्ने भएकाले पानी प्रदायक संस्थाले खानेपानीलाई कसरी सुरक्षित तवरले वितरण गर्न सकिन्छ भन्ने प्रति सदैव सजग हुनुपर्छ ।
पानी प्रदुषण हुनसक्ने सम्भावित स्थान र यसको शुद्धिकरणका लागि ध्यान दिनुपर्ने कुराहरुका बिषयमा आफ्नो अनुभव व्यक्त गर्दै हुनुहुन्छ, सुर्खेतको लेकबेसी नगरपालिकाको साटाखानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका व्यवस्थापक हरि चालिसे । उहाँले सोही समितिदवारा सञ्चालित मिनी ल्याबमा खानेपानी परिक्षण समेत गर्दै आउनु भएको छ।