खानेपानीको गुणस्तर सुधार गर्न पुराना आयोजनामा समेत प्रशोधन संयन्त्र

आगामी आ.ब.मा १४३ वटा योजनाको स्तरोन्नति गरिने

  वास खबर सम्वाददाता  553 पटक हेरिएको

काठमाडौ : सरकारले खानेपानीको गुणस्तर सुधारका लागि पुराना खानेपानी योजनामा समेत प्रशोधन संयन्त्र निर्माण गर्न थालेको छ । सरकारले खानेपानी र सरसफाइमा राखेको लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरुप गुणस्तरीय खानेपानीमा नागरिकको पहुँच बढाउन पुराना खानेपानी आयोजनामा समेत प्रशोधन संयन्त्र निर्माण गर्न थालेको हो ।

सरकारले पुराना खानेपानी आयोजनाहरुबाट वितरित खानेपानीको गुणस्तर बढाउन बार्षिक नीति तथा कार्यक्रम र बजेटमै समावेश गरी प्रशोधन संयन्त्र निर्माण गर्न थालेको खानेपानी तथा ढल व्यवस्थापन विभाग, गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख, सिडिई पूर्ण प्रसाद उपाध्यायले बताउनुभयो।

सरकारले आगामी आर्थिक बर्षको लागि सार्वजनिक गरेको बजेटमा १४३ वटा पुराना खानेपानी तथा सरसफाइ आयोजनाको स्तरोन्नति गर्ने उल्लेख छ । लागत अनुमानको आधारमा एउटा खानेपानी योजनाका लागि कम्तीमा ५० हजार देखि बढीमा दुई करोड रुपैयाँ सम्म विनियोजन गरिएको छ ।

खानेपानीको गुणस्तर सुधारका लागि यी बाहेक अन्य थुप्रै कामहरु भैरहेका छन् । खानेपानी गुणस्तर सुधारका लागि भैरहेका कामका बारेमा खानेपानी तथा ढल व्यवस्थापन विभाग, गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख, सिडिई पूर्ण प्रसाद उपाध्यायसँग हामीले भिडियो सम्बाद गरेका छौं ।

विस्तृतमा हेर्नुहोस् यो भिडियोः

सरकारले आगामी आर्थिक बर्षमा खानेपानी गुणस्तर सुधार कार्यक्रम अन्तर्गत दुईवटा खानेपानी आयोजनालाई सबैभन्दा बढी २/२ करोड बजेट विनियोजन गरेको छ । कास्कीको वृहत भरतपोखरी निर्मलपोखरी कृस्ती खानेपानी आयोजना र स्याङ्जाको वालिङ साना सहरी खानेपानी गुणस्तर सुधार आयोजनाहरुमा प्रशोधन प्रणालीको सुधार विस्तार तथा सुदृढीकरणका लागि २/२ करोड बजेट विनियोजन गरेको हो ।

ती दुवै खानेपानी तथा सरसफाइ आयोजना संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कास्कीले कार्यान्वयन गर्नेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार