काठमाडौ : दशैंको टीका सकियो । तर सकिएको छैन दशैं । पूर्णिमाको दिन सम्मै मान्यजनबाट टीका लगाउने क्रम रहिरहन्छ ।
तर टीका राम्रो सँग सकिन नपाउँदै सरसफाइकर्मीका ड्युटी सुरु भैसकेको छ । सहरलाई सफा राख्नका खटिने फोहोर संकलक, फोहोर बर्गीकरण गर्ने सरसफाइकर्मी, ढुवानी गरेर ल्याण्डफिल साईटमा पुर्याउने गाडी चालक र शौचालय सफाइ गर्ने सफाइकर्मीले दशैं तिहार जस्ता चाडपर्वमा समेत आफ्नो परिवारसँग राम्रो सँग समय बिताउन पाउँदैनन्।
मेसिन जस्तै घोटिएर काम गर्नुपर्ने सरसफाइकर्मीले अन्य दिनमा बिदा पाउनका लागि भने बिरामीकै बहाना बनाउनुपर्छ । श्रम ऐन २०७४ मा रोजगारदाताले श्रमिकलाई प्रतिदिन ८ घण्टा र एक हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने व्यवस्था भए पनि सरसफाइकर्मीहरु दोब्बर तेब्बर समय काम गर्न बाध्य छन् ।
हेर्नुहोस् यो भिडियो :