
एजेन्डा फर चेन्ज (A4C) अन्तर्गत नेपालमा सम्पन्न सहकार्य बैठकमा सहभागी भई फर्किएपछि IRC युगान्डाका Monitoring, Evaluation, Accountability & Learning Manager मोसेस असीइम्वेले नेपालको WASH प्रणाली सुधारको अनुभव बारे विस्तृत विश्लेषण प्रस्तुत गर्नुभएको छ।
www.ircwash.org मा प्रकाशित ‘The future of country collaboration in WASH: Reflections from an Agenda for Change meeting in Nepal’ शीर्षकमा उहाँको लेख मा नेपालमा एजेन्डा फर चेन्ज सहकार्य अब साधारण परियोजना वा वकालतमा सीमित नभई सुधार प्रक्रियाको सह-शासन (co-governance) तर्फ अघि बढ्दै राष्ट्रिय स्तरमै प्रभाव पार्ने रणनीतिक संयन्त्रका रूपमा विकसित भइरहेको उल्लेख छ।
IRC एक अन्तर्राष्ट्रिय “थिंक ट्याङ्क” हो, जसले खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) प्रणालीहरूलाई ग्रामीण स्तरदेखि माथिल्लो तहसम्म सुदृढ बनाउने काममा सक्रिय छ।
ग्लोबल साउथ वास फाइनान्सिङ एण्ड सस्टेनेबिलिटी कन्फरेन्सको शीलशीलामा नेपाल आएको एजेन्डा फर चेन्जको कार्यकारी बोर्डसँगै भारत, मलावी, इथियोपिया र युगान्डाका सदस्यहरूले यही अप्रिल ६ र ७ मा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग लगायत सरकारी निकाय तथा एजेण्डा फर चेन्जको नेपाल च्याप्टर सँग वर्तमान अवस्था, चुनौती र भावी सहकार्यबारे छुट्टाछुट्टै छलफल गरेको थियो।

लेखक मोसेस असीइम्वेले विशेष रूपमा जोड दिनुभएको पक्ष हो, सरकारी स्वामित्व। उहाँका अनुसार, खानेपानी मन्त्रालय तथा सम्बन्धित सरकारी निकायहरू अब A4C का निष्क्रिय सहयोगी नभई सक्रिय साझेदार बनेका छन्।
मोसेस सँग IRC मा स्थानीय, जिल्ला, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा विभिन्न विकास साझेदारहरूसँग काम गरेको अनुभव छ। उहाँले USAID, DFID, Irish Aid, ILO-IPEC लगायतका संस्थाहरूसँग सहकार्य गर्नुभएको छ।
सरकारले नियामक सुधारका लागि प्राविधिक सहयोग माग गरेको, राष्ट्रिय WASH सुदृढीकरण उपकरणहरू सह-विकास गरेको, A4C द्वारा तयार पारिएका तालिम सामग्रीलाई औपचारिक रूपमा स्वीकृति दिई प्रणालीमा समावेश गरेको छ।‘यसले नेपालमा A4C प्रतिको उच्च संस्थागत विश्वास देखाउँछ र सहकार्यलाई वकालतबाट अघि बढाएर सह-शासनको स्तरमा पुर्याएको स्पष्ट संकेत गर्छ’ लेखक मोसेसको लेखमा भनिएको छ।
उहाँका अनुसार, नेपालमा A4C सहकार्य केवल परियोजना कार्यान्वयनमा सीमित नभई राष्ट्रिय स्तरको प्रणाली सुधारमा रणनीतिक भूमिका खेल्ने दिशामा विकसित भइरहेको छ। विशेष गरी, सन् २०२१ मा सुरु भएको यो सहकार्य अहिले अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू मात्र नभई FEDWASUN र WASH Khabar जस्ता राष्ट्रिय संस्थाहरूलाई समेट्दै स्थानीयकरणतर्फ बलियो रूपमा अघि बढेको उहाँको लेखमा उल्लेख छ।

प्रमाणमा आधारित सुधार
लेखमा नेपालमा गरिएको WASH प्रणाली क्षमता मूल्याङ्कनलाई महत्वपूर्ण मोडका रूपमा उल्लेख गरिएको छ। आठ नगरपालिकामा गरिएको अध्ययनले केवल तथ्याङ्क उत्पादन नगरी:
√ राष्ट्रिय Joint Sector Review का सिफारिसहरू,
√ स्थानीय सरकार सुधार,
√ जवाफदेहिता संयन्त्र सुदृढीकरणमा योगदान पुर्याएको छ।
पाँच वर्षे रोडम्याप-रणनीतिक दिशा

काठमाडौं बैठकमा प्रस्तुत गरिएको पाँच वर्षे A4C रोडम्यापलाई उहाँले महत्वपूर्ण उपलब्धि मान्नुभएको छ। यसले प्रणाली सुदृढीकरण, जलवायु उत्थानशीलता, समावेशीकरण, वित्तीय सुधार र संस्थागत समन्वयलाई एउटै ढाँचामा समेट्दै दीर्घकालीन रणनीति तय गरेको छ।
नेपालमा विकसित, WASH Systems Strengthening Framework, सरकारी मान्यता प्राप्त तालिम सामग्री, स्थानीय सरकारका लागि मार्गनिर्देशन उपकरणहरू जस्ता उपलब्धिहरूलाई उहाँले परियोजनाभन्दा परका संस्थागत सम्पत्तिका रूपमा व्याख्या गर्नुभएको छ।
यद्यपि, उहाँले केही चुनौतीहरू पनि औंल्याउनुभएको छ, जस्तै समर्पित सचिवालयको अभाव, सीमित वित्तीय स्रोत, स्वैच्छिक समन्वयमा निर्भरता र सरकारी कर्मचारीहरूको स्थानान्तरण। आगामी चरणमा A4C नेपालले एशियाली विकास बैंक, विश्व बैंक र संयुक्त राष्ट्रसंघीय निकायहरूसँग सहकार्य गर्दै ठूला वित्तीय संरचनामा प्रभाव पार्ने लक्ष्य लिएको पनि उहाँले उल्लेख गर्नुभएको छ।
समग्रमा, मोसेस असीइम्वेको विश्लेषणले देखाउँछ कि नेपाल अब A4C को सामान्य सहभागी मात्र नभई, विश्वस्तरमै प्रभावकारी सहकार्यको उदाहरण बन्ने दिशामा अग्रसर छ।


81 पटक हेरिएको 

