तपाईको नगरमा खानेपानी समस्या छ ? सहरी खानेपानी आयोजनामा आवेदन दिनुहोस्  

काठमाडौ : तपाईको सहरमा खानेपानीको समस्या छ भने खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाले आवेदन माग गरेको छ ।

आयोजना अन्तर्गत करिब २० वटा नगरहरु छनौट गरी सम्भाव्यता अध्ययन तथा बिस्तृत इञ्जिनियरिङ डिजाइन गरिने लक्ष्य रहेकोले खानेपानीको समस्या झेलिरहेको गाउँपालिका तथा नगरपालिका र उपभोक्ता समितिबाट आवेदन आव्हान गरेको हो ।

सरकारले एसियाली विकास बैंकको सहयोगमा विभिन्न सहरहरुमा गुणस्तरीय, आर्थिक दृष्टिकोणले धान्न सकिने एवं दिगो खानेपानी तथा सरसफाइ सुविधा उपलब्ध गराउदै आएको छ । स्थानीय उपभोक्ताहरुको स्वास्थ्य, वातावरणीय स्थिति तथा आर्थिक अवस्थामा सुधार गर्न सहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना सञ्चालन गरिएको हो ।

आयोजनाले विस्तृत  इञ्जिनियरिङ डिजाइन गरिएका नगर आयोजनाहरु आगामी सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत कार्यक्रमबाट कार्यान्वयन गरिने जनाएको छ ।

आयोजनाले सहरी खानेपानी तथा सरसफाइ आयोजना सञ्चालन गर्न इच्छुक गाउँपालिका तथा नगरपालिका भित्रका साना सहरहरु, नगरहरु तथा खानेपानी उपभोक्ताहरुले सूचना प्रकाशन गरेको मितिले ४५ दिन अर्थात आगामी वैशाख १५ गतेभित्र फाराम भरी सहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना, आयोजना व्यवस्थापन कार्यालय पानीपोखरी, काठमाडौमा पेश गर्न आग्रह गरेको छ ।

.फाराम आयोजनाको वेभसाईट www.stwsssp.gov.np बाट डाउनलोड गर्न सकिन्छ ।

छनौटका आधारहरु :

  • गरिबीको स्थिति, विद्यमान खानेपानीको स्थिति, विद्यमान सरसफाइको स्थिति, समुदायको लागत साझेदारी इच्छा, आवश्यकता, समुदायको अवस्था, नगरकोको अवस्थिति तथा चाहना ।
  • थप जानकारीका लागि ०१४४२२२३१ मा पनि फोन गर्न सकिने, आयोजना व्यवस्थापन कार्यालयले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार