खुला ठाउँमा दिसा गरिरहेको अवस्थामा १७ जना पक्राउ

महोत्तरी : महोत्तरीमा खुला ठाउँमा दिसा गरिरहेका १७ जना पक्राउ परेका छन् । खुला दिसामुक्त अभियानमा खटिएका अभियन्ता र प्रहरी सम्मिलित गस्ती टोलीले खुला ठाउँमा दिसा गरिरहेका १७ जनलाई पक्राउ गरी जनही ५ सय रुपैयाँ जरिवाना गरी छाडिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

खुला दिसा गर्नेहरुलाई जलेश्वर नगरपालिका ३, ४, ६ र १२ नम्बर वडाबाट पक्राउ गरिएको हो । शौचालय बनाउन आग्रह गर्दै हरेक दिन जसो घरदैलो कार्यक्रम गरे पनि अटेर गरेर खुला ठाउँमा दिसा गरेपछि उनीहरुलाई पक्राउ गरी आइन्दा खुला ठाउँमा शौच नगर्ने सर्तमा जरिवाना गरेर छाडिएको सरोकारवालाले बताएका छन् ।

२०६८ सालमा सरसफाइ गुरुयोजना लागृु गरेपछि सुरु भएको सरसफाइ अभियानबाट देशका ६३ जिल्ला खुला दिसामुक्त घोषणा भएका छन् । सरकारले यही असार मसान्त भित्र जसरी भएपनि सबै जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने नीति लिएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार