आज धनुषा खुला दिसामुक्त हुँदै, नेपाल ओडिएफ : अब १४ दिन बाँकी

 

काठमाडौ : खुला दिसामुक्त देश नेपाल घोषणा गर्ने दिन आउन अब १४ दिन मात्र बाँकी छ । आज धनुषालाई खुला दिसामुक्त घोषणा गरिदैछ । धनुषा पनि खुला दिसामुक्त घोषणा भएपछि अब ६ जिल्ला मात्र खुला दिसामुक्त घोषणा गर्न बाँकी हुनेछ । धनुषा खुला दिसामुक्त घोषणा भएको ७१ जिल्लामा पर्नेछ ।

सबै जिल्लालाई भदौ मसान्तभित्रै खुला दिसामुक्त घोषणा गरी यही असोज १३ गते राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने सरकारको तयारी छ ।

यद्यपि सोलुखुम्बु तथा भोजपुर जिल्लाका कारण भदौ मसान्तभित्रै सबै जिल्ला खुला दिसामुक्त घोषणा गरिसक्ने सरकारको योजना पूरा नहुने भएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार