एकै दिन तीन जिल्ला खुला दिसामुक्त घोषणा हुँदै

 

काठमाडौ : आज संघीय राजधानी काठमाडौ जिल्ला सहित तीन जिल्ला खुला दिसामुक्त घोषणा हुँदैछ । सरसफाइ इतिहासमै पहिलो पटक तीन जिल्ला एकै दिन खुला दिसामुक्त घोषणा गर्न लागिएको हो । यसअघि एकैदिन दुई जिल्ला खुला दिसामुक्त घोषणा गरेपनि एकैदिन तीन वटा जिल्ला घोषणा गर्न लागिएको यो पहिलो हो ।

राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अनुसार आज काठमाडौ, कपिलवस्तु र महोत्तरीलाई खुला दिसामुक्त घोषणा गरिनेछ । सरकारले भदौ मसान्तभित्रै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएपनि प्रदेश १ को २ जिल्ला भोजपुर र सोलुखुम्बुले भने असोजमा मात्र खुला दिसामुक्त घोषणा गर्ने भएको छ ।

सोलुखुम्बुलाई संविधान दिवसको अवसर पारेर असोज ३ गते र भोजपुरलाई ४ गते खुला दिसामुक्त घोषणा गर्ने कार्यतालिका छ । सबै जिल्ला खुला दिसामुक्त घोषणा भएपछि राष्ट्रलाई नै खुला दिसामुक्त घोषणा गर्ने बाटो खुल्ला हुनेछ ।

सरकारले यही असोज १३ गते नेपाललाई खुला दिसामुक्त घोषणा गर्ने तयारी गरेको छ । राष्ट्र ओडिएफको तयारी अन्तिम चरणमा पुर्‍याएको नेपाल खुला दिसामुक्त घोषणा सचिवालयका संयोजक नमराज खत्रीले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार