महोत्तरी ७३ औं खुला दिसामुक्त जिल्ला

 

महोत्तरी : प्रदेश २ को अन्तिम एवं देशको ७३ औं जिल्लाको रुपमा महोत्तरीलाई खुला दिसामुक्त घोषणा गरिएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले महोत्तरीलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्नुभयो ।

पूर्वमा धनुषा, पश्चिममा सर्लाही, दक्षिणमा भारत र उत्तरमा सिन्धुली जिल्लासँग सिमाना जोडिएको महोत्तरी जिल्ला खुला दिसामुक्त घोषणा पत्रमा कार्यक्रमका प्रमुख अतिथि एवं प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश २ का प्रमुख सचिव दिपक सुवेदीले हस्ताक्षर गर्नुभएको छ ।

 

जिल्लाका कूल एक लाख ११ हजार ३४ घरपरिवारमै चर्पी निर्माण भएपछि जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको जिल्ला स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सुरेशप्रसाद सिंहले जानकारी दिनुभयो । महोत्तरीमा १५ स्थानीय तह छन् ।

जिल्लामा खानेपानी, सरसफाइ तथा स्वच्छता अभियानमा युएन ह्याबिट्याट, युनिसेफ र एसएनभी नेपाल सहितका विकास साझेदार एवं अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र जिल्लामा कार्यरत १० वटा भन्दा बढी सामाजिक संस्थाले डिवाससीसी र स्थानीय तहको समन्वयमा काम गरिरहेका छन् ।

महोत्तरी खुला दिसामुक्त जिल्ला घोषणा समारोहसँग सम्बन्धित थप तस्बिरहरु :

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार