
काठमाडौँ : संयुक्त राष्ट्रसंघद्वारा चार वर्षअघि पारित ‘दिगो विकास लक्ष्य’ का बिषयमा सांसद तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीले थाहा नपाएको पाईएको छ । राष्ट्रिय सभाको ‘दिगो विकास तथा सुशासन समिति’ मा ‘दिगो विकास लक्ष्यहरू’ बारेहरुमा भएको छलफलमा सांसद तथा राष्ट्रिय योजना आयोगका पदाधिकारीले यसबारे अनविज्ञता प्रकट गरेका हुन् ।
सन् २००१ देखि २०१५ सम्मको ‘सहस्राब्दी विकास लक्ष्य (एमडीजी)’ सकिने बेला दिगो विकास लक्ष्य (एसडीजी) आएको हो । एसडीजीका १७ लक्ष्यमा गरिबीको अन्त्य, भोकमरी अन्त्य, सबैका निम्ति खानेपानी, खाद्य सुरक्षा, दिगो कृषिको प्रवर्धन, स्वस्थ जीवनको सुनिश्चितता, न्यायोचित र गुणात्मक शिक्षा, लैंगिक समानता, , मर्यादित कामलाई प्रवर्धन, पूर्वाधार निर्माण, देशभित्र र देशहरूबीच असमानता हटाउने लगायत छन् । एसडीजीएसले १७ वटा लक्ष्य, १ सय ६९ वटा परिमाणात्मक लक्ष्य र २ सय ३० सूचक निर्धारण गरेको छ । ‘१५ वर्षे कार्यक्रममा ४ वर्ष बितिसकेकोछ तर यसबारे सचेतना पुगेको छैन ।


दिगो विकास लक्ष्यलाई कसरी विधेयकमा समावेश गर्ने, नेपालको सन्दर्भमा कसरी मिल्छन् भनेर संघ, प्रदेश र स्थानीय तहमा बुझाउनुपर्ने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले बताउनुभयो । सांसदहरूले एसडीजीलाई विधेयकमा समावेश गर्न तथा बनेका कानुनहरूको समीक्षा गर्न एसडीजीबारे बृहत छलफल, गर्न र रुजु सूची बनाएर सांसदहरूलाई दिन सरकारलाई आग्रह गरेका छन् ।
विकासको जरो स्थानीय निकाय भएकाले त्यहाँ एसडीजी अपनाउन नसके लक्ष्य हासिल गर्न नसकिने विज्ञ शिवजी यादवले बताउनुभयो । ‘छुट्याएको बजेट पनि सदुपयोग भएको छैन, त्यो भनेको सुशासनको कमी हो । तीनै तहलाई कानुनले कसरी जोड्ने भनेर प्राथमिकतामा राख्नुपर्छ र एसडीजीबारे हात हातमा चेक लिस्ट भयो भने मूल्यांकन गर्न सजिलो हुन्छ।’ उहाँले भन्नुभयो ।


1658 पटक हेरिएको 

