मानव मलमूत्र व्यवस्थापनमा देशकै नमुना बन्दै महालक्ष्मी

काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिका मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा देशकै नमुना बन्दैछ । यसका लागि नगरपालिकाले बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेशन र काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको आर्थिक एवं वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोगमा आई.एस.ओ. २४५२१ मापदण्डको मानव मलमूत्र प्रशोधन केन्द्र निर्माण गर्दैछ ।

उक्त कार्यक्रम कार्यान्वयनका लागि नगरपालिका मातहतमा स्यानिटेशन सेल गठन भईसकेको छ । मानव मलमूत्र प्रशोधन गर्नका लागि जग्गाको छनौट तथा रेखाङ्कन गरिसकेको छ भने डिजाइन एवं लागत स्टिमेट समेत तयार भईसकेको छ । नगरपालिकाले यसै बिषयमा नगरक्षेत्रका जनप्रतिनिधीहरु, नगरपालिका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था तथा खानेपानी उपभोक्ता समिति, सामुदायिक बन उपभोक्ता समिति र सफाइको क्षेत्रमा कार्यरत निजी क्षेत्रसँग समेत छलफल तथा अन्तरक्रिया गरेको छ ।
हेरौं यो भिडियो : 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार