बाँके : बाँकेको जानकी गाउँपालिका वडा नं.–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय जोगागाउँमा सरसफाइ सम्बन्धी वक्तृत्वकला प्रतियोगिता गरिएको छ । वक्तृत्वकला मार्फत सरसफाइको महत्वबारे बुझाई बिद्यालयको सरसफाइमा सक्रिय बनाउने उद्देश्यले शुक्रबार ‘बिद्यार्थी जीवनमा सरसफाइको महत्व’ बिषयक वक्तृत्वकला प्रतियोगिता गरिएको हो । ७ जना सहभागी प्रतियोगितामा ७ कक्षाका गणेश यादव प्रथम, ९ कक्षाका सिताराम कहार द्धितिय र १० कक्षाका मिथलेश यादव तृतीय भएका छन् ।
बिद्यालयका निमित्त प्रधानाध्यापक निरज कुमार मिश्रको सभापतित्वमा भएको कार्यक्रमको निर्णायक मण्डलमा सरसफाइ फोकल शिक्षक मिरा सुबेदी र शिक्षक पुष्पा आचार्य हुनुहुन्थ्यो । बिद्यालय सहायक अनिल कुमार पथिक समय पालक र तथा शिक्षक मोतिराम पोखरेलले कार्यक्रम सञ्चालन गर्नुभएको वक्तृत्वकला प्रतियोगितामा निमित्त प्रअ मिश्रले स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा धेरै पछाडि रहेको बिद्यालयमा बिद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन भएपछि बिद्यालयको मुहार फेरिएको बताउनुभयो । उहाँले सरसफाइलाई दिर्घकालीन बनाउन बिद्यालयमा रहेको बाल क्लब तथा महिनावारी स्वच्छता व्यवस्थापन समूह मार्फत बिद्यार्थीलाई सक्रिय बनाउन यस्तो खाले प्रतियोगतालार्ई जोड दिइएको बताउनुभयो ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा गेरुवा ग्रामीण जागरण संघ बर्दियाले बिद्यालयको वातावरण सुधारका लागि बिद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन गरिरहेको छ ।